१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

नगर प्रहरीलाई ब्रिफिङ: ‘सामान पोखिने गरी कारबाही नगर्नु’

तस्बिर: काठमाडौं महानगर।

काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई आदेशको श्रृङ्खला र आचरणका विषयमा ब्रिफिङ गरिएको छ।

सहरी व्यवस्थापनका क्रममा व्यापारीहरूसँग अभद्र व्यवहार भएको गुनासो आउन थालेपछि महानगर प्रहरी बलले निर्देशनात्मक ब्रिफिङ गरिएको हो। यसका लागि सबै क्षेत्रबाट कमान्डरसहित नगर प्रहरीहरूलाई राष्ट्रिय सभा गृहमा भेला गरिएको थियो।

ब्रिफिङका  क्रममा बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजु नाथ पाण्डेले नगर प्रहरीहरूलाई सामान पोखिने गरी कारबाही नगर्न निर्देशन दिएका छन्।

उनले अनुशासन र आदेश शृङ्खलाको पालना नगर प्रहरीका अनिवार्य जिम्मेवारी भएकाे बताउँदै यसलाई पालना गर्न निर्देशन दिए।

उनले भने  ‘सहरी सुव्यवस्थाका लागि हामीले गरेका काम र आचरणलाई नागरिकलाई नजिकबाट नियालिरहेका हुन्छन्। सडक व्यापारीको सामान पोखिने गरी कारबाही गरेको जस्ता विषयमा गुनासा आएका छन्। सामान पोखिने गरी कारबाही नगर्नू। नागरिकसँग आदरार्थी शब्दको प्रयोग गरेर बोल्नु ‘कानुनको परिपालना गर्ने गराउने, नागरिकमैत्री व्यवहार गर्ने, अनुशासन र आदेश शृङ्खलाको पालना नगर प्रहरीका अनिवार्य जिम्मेवारी हुन्। यसलाई पालना गर्नू।’

प्रकाशित: २७ असार २०८० १३:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App