४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बन्द कर्णाली कोरिडोर खुल्यो

कर्णाली करिडोर।

तीन दिनदेखि बन्द कर्णाली करिडोर खुलेको छ। वर्षाले ठाउँ–ठाउँमा आएको पहिरोले कर्णाली करिडोर बन्द भएको तीन दिनपछि शनिबार खुलेको हो। तीनदेखिकाे फ वर्षाले कर्णाली करिडोरको खुलालु,जारकोट खण्डमा दुई ठाउँमा आएको पहिरोले करिडोर बन्द भएको थियो।

करिडोरको लालीघाट खण्ड पनि निकै जोखिम छ। सान्नीत्रिवेणी गाउँपालिका १ को लुसा गाउँको डिलबाट पहिरो झरिरहेकाले करिडोरको यात्रा निकै जोखिम छ।

फुकोट कर्णाली अर्धजलासय आयोजनाको काम भइरहेकाले स्काभेटरले सडक पञ्छाएर आउजाउ गराए पनि निरन्तर हिलो माटो बगिरहेकाले कुन बेला ठूलो पहिरो आउछ भन्न नसकिने प्रहरीको भनाइ छ।

प्रकाशित: २३ असार २०८० ०८:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App