२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

यस्तो रहनेछ आजको मौसमः चार प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान  कोशी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

त्यस्तै राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

प्रकाशित: २३ असार २०८० ०१:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App