भक्तपुर नगरपालिका १ सृजनानगरमा रहेको रसनादेबी श्रेष्ठको घरबाट नगद ३० हजारसहित सुनहरु चोरी भएका छन्। श्रेष्ठको साढे २ तल्ले घरको माथिल्लो तल्लामा रहेको किचन कोठाको झ्यालबाट सँगै जोडिएको कोठाभित्र प्रवेश गरी नगद रु ३० हजारसहित सुन गरेर कुल ११ लाख ८५ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
काठको दराज माथि रहेको चाबीले दराज खोली दराजभित्र रहेका सुनका चुरा २ थान ३ तोला (३,३०,०००,)सुनको सिक्री १ थान ३ तोला ( ३,३०,०००)सुनको औँठी ४ थान २.५ तोला (२,७५,०००)सुनको मङगलसुत्र १ थान १ तोला (१,१०,०००,) सुनको कानमा लगाउने टप २ थान आधा तोला (५५,००० ) सुनको लकेट १ थान आधा तोला (५५,०००)सुन चोरी भएको प्रहरीले जनाएको छ। उक्त स्थान वृत्त जगातीबाट ३ किलोमिटर पश्चिममा पर्दछ। थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ।
प्रकाशित: २२ असार २०८० १३:३३ शुक्रबार





