१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

दुई जनालाई जन्मकैदसहित नौलाई सजाय, सातलाई सफाइ

व्यवसायी गौचन हत्याकाण्ड

काठमाडौं जिल्ला अदालतले नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका अभियुक्त समीरमान सिंह बस्नेत र अमरबहादुर रानालाई जन्मकैदको फैसला ठहर गरेको छ।

जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले घटनामा यसअघि नै दोषी ठहर भइसकेका दुईजनालाई जन्मकैदसहित ९ जनालाई सजाय निर्धारण गरेको हो।

अदालतले यही असार १२ गते हत्या भएको ठहर गर्दै सजाय निर्धारणका लागि बुधबारका लागि पेस गरेको थियो। हत्यामा संलग्न रहेको भन्दै २४ जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको थियो।

काठमाडौं जिल्ला अदालतले बस्नेत र रानालाई जन्मकैद ठहर गर्दै लोपासाङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैद ठहर गरेको छ।

काठमाडौं जिल्ला अदालतले नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका अभियुक्त समीरमान सिंह बस्नेत र अमरबहादुर रानालाई जन्मकैदको फैसला ठहर गरेको छ।

त्यसैगरी हत्यामा संलग्न रहेका ४ जनालाई जनही ५ वर्ष कैद सुनाएको छ। हत्यामा संलग्न धनराज योङहाङ, श्यामबहादुर गुम्दी, रोशन बुढाथोकी, राजीव स्याङतानलाई जनही ५ वर्ष कैद सजाय तोकेको हो।

दोषी ठहर भएकामध्ये स्याङताङलाई प्रहरीले पहिलो सुटर भएको दाबी गरेको थियो। जसले गौचनलाई गोली हानेका थिए।

त्यसैगरी, माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रूपैयाँ जरिवाना ठहर भएको छ। घटनाका आरोपित तर मुद्दा दर्ता भइसकेपछि बिचमा मृत्यु भइसकेका वसन्त थेवे र मनोज पुनको हकमा दाबी खारेज भएको छ। कानुनअनुसार कुनै पनि फौजदारी मुद्दामा अभियोग लागेकाहरूको मृत्युसँगै सजाय पनि मर्छ।

दोषी ठहर भएकामध्ये स्याङताङलाई प्रहरीले पहिलो सुटर भएको दाबी गरेको थियो। जसले गौचनलाई गोली हानेका थिए।

घटनामा संलग्न भएका ७ जना फरार रहेका अभियुक्तहरूको हकमा अदालतले मुल्तबीमा राख्ने फैसला गरेको छ। त्यसैगरी आरोपित ७ जनालाई सफाइ दिएको छ। घटनामा सफाइ पाउनेहरूमा प्रकाश बुढाथोकी, सन्तोष गुरुङ, शिवजी महतो कमकार, सूर्यबहादुर वाजी, राजकुमार साह, मुकेशकुमार पाण्डे र श्याम गुप्ताले सफाइ पाएका छन्।

घटना यस्तो थियो

निर्माण व्यवसायी गौचनलाई २०७४ साल असोज २३ गते काठमाडौंको नयाँ बानेश्वर खरीको बोटनजिकै गोली हानी हत्या गरिएको थियो। कर्तव्य मुद्दा लागेका समिरमान बस्नेतले नेपाल र भारतका आपराधिक व्यक्ति परिचालन गरी गौचनको हत्या गराएको प्रहरी अनुसन्धानमा देखिएको थियो।

काठमाडौं सामाखुसीका कुमार श्रेष्ठ (घैंटे) समूहमा रहेर उपत्यकामा आपराधिक गतिविधि गर्दै आएको प्रहरीले ठहर गरेको थियो। प्रहरी इन्काउन्टरमा घैंटे मारिएपछि बस्नेत भारत पलायन भएका थिए। उनले भारत बसेर नेपालमा सहयोगी परिचालन गराई ठेकेदारसँग पैसा उठाउन गौचनको हत्या गराएको प्रहरी अनुसन्धानको निष्कर्ष रहेको थियो।

निर्माण व्यवसायी गौचनलाई २०७४ साल असोज २३ गते काठमाडौंको नयाँ बानेश्वर खरीको बोटनजिकै गोली हानी हत्या गरिएको थियो। 

२०७४ साल असोज २३ गते दिउँसो घरबाट निस्किएर अनामनगरमा रहेको कार्यालय जाने क्रममा गाडीभित्रै रहेका गौचनलाई गोली हानेर हत्या गरिएको थियो। हत्याको करिब एक महिनापछि प्रहरीले अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो।

गौचन हत्याको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले डिआइजी गणेश केसीको संयोजकत्वमा समिति गठन भएको थियो। एक भारतीय नागरिकसहित पाँचजनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो। अनुसन्धान समितिले ‘ठेकेदारहरूसँग पैसा उठाएर बुझाउन दिएको चेतावनीअनुसार काम नगर्दा गौचन मारिएको’ निष्कर्ष सार्वजनिक गरेको थियो।

हत्यामा संलग्न ४ जनालाई जनही ५ वर्ष कैद सुनाएको छ। हत्यामा संलग्न धनराज योङहाङ, श्यामबहादुर गुम्दी, रोशन बुढाथोकी, राजीव स्याङतानलाई जनही ५ वर्ष कैद सजाय तोकेको हो। दोषी ठहर भएकामध्ये स्याङताङलाई प्रहरीले पहिलो सुटर भएको दाबी गरेको थियो। जसले गौचनलाई गोली हानेका थिए।

महानगरीय प्रहरी कार्यालयले योजना बनाउनेदेखि हत्यासम्म १३ जनाको संलग्नता रहेको ठहर गरेको थियो। प्रहरीले मुख्य योजनाकारका रूपमा बस्नेत र मनोज पुनको नाम उल्लेख गरेको थियो।

गुम्बे २०७३ पुस ४ गते रूपन्देहीमा दुर्गा तिवारीको हत्या र गौरीघाटमा दावा लामालाई गोली हानेर हत्या प्रयास भएको घटनामा संलग्न सुटर भएको प्रहरीको निष्कर्ष थियो।

घटनामा प्रयोग भएका दुईवटा मोटरसाइकलमध्ये एउटा भारतबाट चोरीको रहेको र १८ हजारमा किनेर त्यसमा बा ३५प २४६१ नम्बरको नेपाली प्लेट राखेको विवरण सार्वजनिक गरे पनि बस्नेतका आफन्तको रहेको प्रहरीको दाबी रहेको थियो। २०७४ पुस २८ मा दर्ता भएको मुद्दामा करिब ८ वर्षपछि जिल्ला अदालतले फैसला गरेको हो।

प्रकाशित: २१ असार २०८० ०३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App