४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

फरार अभियुक्त पक्राउ

जबर्जस्ती करणी मुद्दामा कैद सजाय तोकिएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। डुडुवा गाउँपालिकाका विष्णु भनिने अर्जुन कोरीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत बाँकेले गत फागुन १६ गते जबर्जस्ती करणी मुद्दामा उनलाई दुई वर्ष ६ महिना कैद सजाय तोकेको थियो।

सोही बेलादेखि फरार रहेका कोरीलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब परीक्षक (डिएसपी) नारायण डाँगीले जनाए। पक्राउ परेका कोरीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा बुझाइएको छ।  

प्रकाशित: २० असार २०८० १३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App