१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

बारको आन्दोलनले मुद्दा प्रभावित

नेपाल बार एसोसिएसनले बहस बहिष्कार गर्दा सोमबार सर्वोच्च अदालतलगायत देशभरका अदालतमा मुद्दा प्रभावित बनेका छन्।सर्वोच्चलगायत अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन मात्रै सुनुवाइ हुन सके।सोमबार दैनिक पेसी सूचीमा चढेका बन्दी प्रत्यक्षीकरणबाहेक अन्य कुनै पनि मुद्दा सुनुवाइ भएनन्।

असार १३ गते ललितपुर जिल्ला अदालतमा अदालती कामको सिलसिलामा अधिवक्ता अमर लामिछाने र अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङबीच मुद्दामा भएको आदेश हेर्न माग्ने क्रममा विवाद भएको थियो। त्यसै विषयलाई लिएर नेपाल बार एसोसिएसन र अदालतका कर्मचारीको संगठन कर्मचारी ट्रेड युनियनले घटनालाई आ–आफ्नो ढंगले व्याख्या गर्दै आन्दोलन गरेका कारण मुद्दा प्रभावित बनेका हुन्। नेपाल बारले कर्मचारीले घुस खान खोज्दा विवाद भएको दाबी गरेको छ भने यता अदालतका कर्मचारीमाथि अधिवक्ताले कुटपिट गरी घाइते गराएको दाबी छ।

ललितपुर जिल्ला अदालतले कार्यकक्षमा काम गरिरहेकी महिला कर्मचारीमाथि हातपात गरी घाइते बनाएको दाबी गरेको छ। त्यसै घटनालाई लिएर आइतबार देशभरका टे«ड युनियनमा आबद्ध कर्मचारीले काम बहिष्कार गरे। यता नेपाल बार एसोसिएसनले सोमबार देशैभरका अदालतमा बहस पैरवी नगर्ने घोषणासहितको सांकेतिक विरोध गरेको हो। नेपाल बारले लामिछानेको रिहाइलाई मुख्य माग बनाएको थियो। लामिछाने भने आइतबारै रिहाइ भइसकेका छन्।

मंगलबारदेखि नेपाल बारले आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ। घटनालाई अतिरञ्जित बनाउन मुख्य भूमिका खेल्ने दाबीसहित ललितपुर जिल्ला अदालतका स्रेस्तेदार र नासु प्रेमिका तामाङलाई तत्काल उपत्यकाबाहिर सरुवा गर्न बारको माग छ। त्यसैगरी बारले घटनाको सत्यतथ्य छानबिन समिति गठन गर्दै अधिवक्ता लामिछानेविरुद्ध दर्ता भएको मुद्दा फिर्ताको माग गरेको छ। न्यायालयभित्रको भ्रष्टाचार, विकृति, विसंगति अन्त्यको माग गर्दै विभिन्न ९ वटा माग राखेको बारले असार १९ देखि सेवाग्राहीलाई असर नपर्ने गरी खाजाको समयमा विरोधका कार्यक्रम जारी राख्ने विज्ञप्तिमार्फत सोमबार घोषणा गरेको छ।

प्रकाशित: १९ असार २०८० ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App