३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रविधिमैत्री पालिका बन्दै बडीमालिका

बडीमालिका नगरपालिकाको कार्यालय

बाजुरा जिल्लाको सदरमुकाम अवस्थित पालिका हो, बडीमालिका । बडीमालिकासँग जति अवसर छन्, त्यो भन्दा बढी चुनौति देखिन्छन्। सदरमुकामको पालिका, राज्यका निकायसँगको निकट सम्पर्क र सम्बन्ध ती अवसरलाई अरुभन्दा फरक र नमुना भएर स्थापित हुनु पर्ने चुनौति पनि छन्।

पछिल्लो समय बडीमालिका प्राप्त अवसरलाई अधिकतम सदुपयोग गर्ने र संभावित चुनौतिको सहज सामना गर्ने यात्रामा देखिन्छ। सेवा प्रवाह, सुविधा विस्तार, संरचनाको निर्माण, र प्रविधी विकासले अरु भन्दा अगाडि र नमुना देखिने होडमा बडीमालिका लागि परेको छ।  

पालिकासँग नेट इन्टरनेटको सहज पहुँच छ। सदरमुकामकै कारण धेरै अवसर र संभावना पनि छन्। जिल्ला पुग्ने राज्य होस्, गैर राज्य पक्षको पहिलो ध्यान बडीमालिकामै जाने गर्छ। यी संभावनालाई अवसरका रुपमा विकास गरि प्रविधी मैत्री सेवा र सुशासन मैत्री पालिका बनाउने अभियानमा रहेको नगर प्रमुख अमर खड्काले बताएका छन्।

बडीमालिकाले यसै आर्थिकवर्षबाट आफ्ना सबै सेवालाई अनलाइन प्रविधीमार्फत विस्तार गर्ने अन्तिम तयारीमा छ। नौ वटै वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयका सेवा सुविधालाई डिजिटल प्रविधी मार्फत सेवा सञ्चालन गर्ने तयारी थालिएको सूचना प्रविधी अधिकृत हेम थापाले बताए।  

थापाका अनुसार ६ महिना देखि प्रविधी जडानको कार्य जारी छ। पहिलो चरणमा पालिका कार्यालय, नौ वटा वडा कार्यालय र २ वटा सामुदायिक विद्यालयबाट सेवा सुरुवाद गरिने छ। सेवाग्राहीलाई पालिकामै आइरहनु पर्ने र सेवाका लागि काजगपत्र बोक्नु पर्ने समस्या अन्त्य गर्ने गरि डिजिटल पालिका बनाउन खोजिएको नगर उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन्।

यो प्रविधीको युग हो, एउटै कामका लागि घण्टै लाइनमा बस्नु पर्ने, दिनभरको समय खर्चिनु पर्ने र सानो कामका लागि पनि झन्झट सहनु पर्ने अवस्था छ, हामी यो आर्थिक वर्षबाटै सबै समस्या समाधान हुने गरि प्रविधी जडान गरिरहेका छौं, थापाले भने।  

प्रविधी मैत्री सेवा र सुशासनयुक्त बडीमालिका बनाउने अभियान डिजिटल सेवासँगै सुरुवाद गर्न खोजिएको छ। वडा कार्यालयमा इन्टरनेट जडान, सोलार तथा विद्युतको व्यवस्थापन, कम्प्यूटर जडान र अनलाइन सेवामा काम गर्न जनशक्ति विकास पालिकाले गरिरहेको छ। वडा कार्यालयबाट सिफारिस ल्याएर पालिका आउने र पत्र बनाएर फेरि घर फर्किनु पर्ने बाध्यता हट्ने नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन्।

सुदूरपश्चिम प्रदेश सरकार मुख्य मन्त्री नवप्रवर्तन कार्यक्रम अन्र्तगत सेवा विस्तार हुन लागेको हो । बडीमालिका सहीत सुदूर पश्मिच प्रदेशका चार वटा पालिका मार्फत नमुना कार्यक्रमका रुपमा सुचारु गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बताएका छन्। कार्यक्रम नमुना र सफल बनाउनै पर्ने छ, हाम्रै सिकाइ र अभ्यासपछि अन्य पालिकामा विस्तार गर्ने तयारी छ, अधिृकत विकले भने।

डिजिटल बडीमालिका बनाउन पालिकाले ६० लाख र सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री नवप्रवर्तनसाझेदार कोषको १ करोड ४० लाख गरि २ करोड बजेटमा सञ्चालन हुन लागेको हो । सुशासन र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिएको हो।  

प्रविधी जडानसँगै पालिका मातहतका सबै कार्यालयका दर्ता, चलानी, सिफारिस, सुचीदर्ता, योजना, राजस्व, व्यवसाय दर्ता लगायतका कार्यहरु अनलाईन प्रबिधीबाट गरिने हुने छन्। प्रविधी जडानपछि विपत ब्यवस्थापन, न्यायीय सेवा, सामाजिक विकास सेवा, एसएमएस सेवा र खबर आदान प्रदान पनि अनलाइन मार्फत नै गरिने छ।  

पालिकाका नौ वटै वडा कार्यालय, मालिका नमुना मावि, बालमन्दिर आधारभुत विद्यालयमा आवश्यक सबै सामाग्री र उपकरण जडान गरिसकिएको छ । जनशक्ति समेत तयार पारेर सेवा प्रवाह बारे ज्ञान सिप समेत हस्तान्त्रण गरिसकिएको सूचना प्रविधी अधिकृत हेम थापाले बताएका छन्।  

यतिबेला परियोजनाका तालिम तथा अभिमुखीकरण, अनुगमन तथा मुल्याकंन, प्रबिधीमैत्री शिक्षा बारे सचेतना दिन कार्य भइरहेका छन्। गुनासो सुनुवाई समेत प्रविधीबाटै प्राप्त गरि जवाल जवाफ गर्न मिल्ने बताइएको छ। नगर पालिकाले डिजिटल प्रविधी मैत्री पालिका हुने कुरालाई राम्रो उपलब्धी र नमुना कामका रुपमा लिएको छ।

जनतालाई छिटो र छरितो सेवा दिनु पर्ने हाम्रो जिम्मेवारी हो, आउने समयमा काम नहुने, कतै सिफारिस समेत बिग्रीने र हैरानी बेहोर्ने कुराले जनतालाई सास्ती हुने हुँदा प्रविधी जडानपछि सबै समस्या हट्ने नगर प्रमुख अमर खड्काको भन्नु भयो । समय र आर्थिक दुबै बचन हुने र पालिकाले आफ्नो काम अनालाइन सेवाका मार्फत गर्दा सुशासनमा थप सहयोग पुग्ने विश्वास नगर प्रमुख खड्काको छ।  

सिफारिसका लागि मात्रै पालिका पुग्न १, २, ७, ४, ५ र ६ नम्बर वडाबाट स्थानीयले दिनभर लगाउनु पर्ने बाध्यता छ। भनेको समयमा सवारी साधान पाइदैन्, पाएपनि खर्चिलो छ, पालिका पुगेर पनि सिफारिस मिल्ने नमिल्ने फेरि अर्को झन्झट हुन्छ, यी सबै समस्या साधानका लागि डिजिटल प्रविधी मैत्री बडीमालिका कार्यक्रमले सहयोग पुर्याउने विश्वास पालिकाको छ।  

रजिष्टर पल्टाउनु पर्ने, कहाँ कति दर्ता चलानी आम्दानी खर्च भयो, कहिले सिफारिस गरिएको हो, झन्झटीलो प्रक्रिया थियो, नवप्रवद्र्धन कार्यक्रमले नयाँ प्रविधी सेवा विस्तार गरेसँगै समस्या हट्ने बडीमालिका ४ का वडा अध्यक्ष अर्जुन नाथले बताएका छन् । समय अनुकुल सेवा प्रवाहका लागि नगरपालिका लागि परेको नाथको भनाई छ।  

सिसि क्यामरा, मल्टिमिडिया, कम्प्यूटर सर्भर, सोलार पाता, इन्टरनेट सबै जडान गरिसकिएकोले आर्थिक वर्षको सुरुवादमै सेवा सञ्चालनको तयारी गरिएको छ । सेवा विस्तार पछिको सहजताबारे जानकारी पाएपछि पालिकाका जनप्रतिनिधी पनि हौसियका छन्। जडानसँगै निरन्तरता र टिकाउमा ध्यान दिनु पर्ने उनीहरुको सुझाव छ।

नवप्रवर्तन साझेदारी कोषका माध्यमबाट प्रदेश तथा स्थानीय तहको सह–लगानीमा नविनतमा परियोजनाहरू सञ्चालन गर्ने निर्देशिकामा उल्लेख छ । ‘स्थानीय आर्थिक विकासको प्रवर्द्धनका निमित्त नवप्रर्वतनको अवधारणालाई संस्थागत गर्नुका साथै नवप्रवर्तनकारी योजना कार्यान्वयन गर्ने क्षमता विकास गर्न सहयोग पुग्ने परियोजनाको लक्ष्य रहेको छ। नगरसभा बाटै नीतिगत निर्णय गरेर छ।  

मूलतः स्थानीय सुशासन अभिवृद्धि गर्ने, स्थानीय सेवा प्रवाहलाई चुस्त र दुरुस्त तुल्याउने तथा स्थानीय आर्थिक विकासका क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गर्ने पालिकाको विश्वास छ। सेवा विस्तार पछि पालिका भित्रका १८ हजार बढी जनसंख्या लाभान्वीत हुने छन्। बडीमालिका नगरपालिकाले सुरुदेखि नै इबडीमालिकाको अवधारणा ल्याएको थियो । त्यसको संस्थागत विकास र सुरुवाद आगामी आर्थिक वर्षबाट हुने भएको छ।  

प्रकाशित: १८ असार २०८० ०८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App