२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

धनुषाबाट भन्सार छलीका १२ लाखको समान बरामद

धनुषा प्रहरीले १२ लाख ९ हजार रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ।

सोमबार भारतबाट भन्सार छली गरी भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त सामग्री बरामद गरेको हो।

धनुषाको विभिन्न नाकाबाट अवैध रूपमा भित्र्याउन लागिएको ८ वटा मोटरसाइकलसहित किनारका सामग्रीहरू बरामद भएको धनुषा प्रहरीले जनाएको छ।

अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको बिल बिजक नभएको सामग्रीहरू प्रहरीले नियन्त्रणमा लिएको हो। सामान ल्याउने व्यक्तिहरू भने प्रहरीलाई देखेपछि सामग्री छाडी फरार भएका थिए।

प्रहरीले बरामद गरिएको सामान आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ असार २०८० १४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App