२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बालिका बलात्कार आरोपमा पूर्व हवल्दार पक्राउ

नेपाल प्रहरीका पूर्व हवल्दारलाई बालिका बलात्कार गरेको आरोपमा मोरङको कटहरीबाट प्रहरीले पक्राउ गरेको छ।

१४ वर्षीया अपांगता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कटहरीका ४० वर्षीय गणेश राजवंशीलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। छोरासँग खेल्न घर आएको मौकामा ललाईफकाई गरेर शनिबार दिउँसो बालिकालाई राजवंशीले बलात्कार गरेको खुलेको छ।

पीडितका अभिभावक काममा गएको र छोरासँग खेल्न आएको मौका पारेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै, डिएसपी दाहालले भने, ‘घटना दिउँसो भए पनि राति बालिकाको स्वास्थ्यमा समस्या आएपछि मात्रै घटना बाहिरिएको हो। रातिनै अस्पतालमा उपचार गरेर घर फर्किएको र अवस्था सामान्य रहेको छ।’  

राजवंशीलाई राति नै प्रहरीले पक्राउ गरेको थियो। राजवंशीविरुद्ध पीडितका परिवारले जबरजस्ती करणीमा जाहेरी दिएको बताउँदै, डिएसपी दाहालले भने, ‘घटना थाहा पाउनसाथ राजवंशीलाई राति नै पक्राउ ग¥यौं। जबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद थपेर घटनाको अनुसन्धान अघि बढाइएको छ।’

प्रकाशित: १० असार २०८० १३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App