३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

सिड्नीका नेपालीलाई एक दिने ध्यान, योग र प्रेरणा शिविर

हरेक मानिसले जीवनमा सफलता र समृद्धिका लागि नियमित योग गर्नुपर्ने कार्यक्रमका एक वक्ताले बताए।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया र विद्यार्थी सहयोग कमिटीको संयुक्त आयोजनामा शनिबार सिड्नीमा आयोजित एक दिने ध्यान, योग र प्रेरणा शिविरमा सफल हुन शारीरिक रूपमा सु-स्वास्थ्य, मानसिक रूपमा सन्तुलन, बौद्धिक रूपमा प्रतिभावान् तथा आत्मिक रूपमा सबल र सामाजिक रूपमा सहयोगी हुनुपर्ने बताइएको थियो।

सिड्नीका विभिन्न सअर्वहरुमा रहेका नेपाली विद्यार्थी, अभिभावक र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लक्षित गर्दै शिविर आयोजना गरिएको थियो। बदलिँदो जीवनशैली, गलत खानपानले मानिसहरू विभिन्न रोगबाट ग्रसित हुने गरेको बताउँदै योग साधनालाई हरेक दिन प्रयोग गर्नुपर्ने ध्यान प्रशिक्षक प्रकाश भट्टराईले बताए।

उनले शरीरमा ब्यायम हुने भएकाले पनि योगलाई दैनिक एक घण्टा समय दिनुपर्नेमा जोड दिए। स्वास्थ्य खानपान र अनुशासित जीवनशैलीसँगै योगलाई दैनिक जीवनको एउटा महत्त्वपूर्ण हिस्सा बनाउन सक्ने व्यक्त नै सफल हुने प्रशिक्षक भट्टराईको भनाई थियो।

त्यस्तै, प्रेरणादायी योगाका विषयमा आचार्य राजन शर्माले प्रशिक्षण दिँदै योगका बहु आयामिक फाइदाका विषयमा चर्चा गरेका थिए। सिड्नीमा नेपाली समुदाय माझ पछिल्लो समय योग र ध्यान गर्ने संस्कार हुर्कँदै गएकाले अध्ययन र कामसँगै बढ्ने मानसिक तनाव कम गर्ने उद्देश्य शिविर आयोजना गरिएको कार्यक्रमका संयोजक बद्री बरुवालले जानकारी दिए। 

‘निकै उत्साहजनक सहभागिता थियो, हामीले नियमित योग साधनाको सम्भावना देखेका छौ,‘घरमै पनि योग गर्न सकिने भएकाले शिविरमा सहभागीलाई थप सहज भएको छ’ शैक्षिक अभियन्ता समेत रहेका बरुवालले भने।

शिविरमा एनआरएनए न्यु साउथ वेल्स राज्यका संयोजक देव गुरुङ, विभिन्न समुदायका अगुवाहरू सहित १ सय भन्दा बढी सहभागिता थियो भने कार्यक्रमको सहजीकरण मदन कोइरालाले गरेका थिए। कार्यक्रमलाई प्यासिफिक कलेज अफ टेक्नोलोजीले मुख्य प्रायोजन गरेको थियो।

प्रकाशित: ९ असार २०८० १३:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App