१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

नरहरिनाथमा नेपाली कागज र अल्लोको कपडा उत्पादन सुरु

नरहरिनाथ गाउँपालिकाले गाउँमै उत्पादन सुरु गरेको नेपाली कागज र अल्लोको कपडा। तस्बिर: ललित विष्ट/कालिकोट

कालिकोटको नरहरिनाथ गाउँपालिकाले गाउँमै नेपाली कागज र अल्लोको कपडा उत्पादन सुरु गरेको छ। गाउँमै पाइने लोक्ता सेतवढु र खेर गैरहेको अल्लो संकलन गरी कपडा उत्पान सुरु गरिएको हो।

नरहरिनाथ गाउँपालिका उद्यम विकास शाखाको दुई लाख ४० हजार रुपैयाँमा टोप्ला लघुउद्यम विकास समूह गठन गरी नरहरिनाथ–५ मा कागज उद्योग संञ्चालन गरिएको छ,भने वडा नम्बर ४ मा नन्द्रामाता अल्लो प्रशोधन लघुउद्यम समूहले अल्लोको कपडा उत्पादन सुरु गरीएको छ।

गाउँपालिकाको उद्यम विकास शाखाले स्थानीय ११ जनालाई तालिम दिएर अल्लोको कपडा उत्पादन सुरु गरेको जनाएको छ। जंङगलमा खेर गैरहेको अल्लोको संकलन गरी,उत्पादन गर्ने मेशिन, औजार, दिएर काम सुरु गरीएको उद्यम विकास शाखाका प्रमुख दिपेन्द्र विष्टले बताए। उनले भने ‘यस पटकको गाउँ सभामा स्थानीय उत्पादन नेपाली कागजबाट बनेको झोला,डायरी,अल्लोबाट बनेको खादा,टोपी र कोटको प्रयोग गर्ने छ। स्थानीय उत्पादनको प्रयोग गरीने छ।’

विषेश गरी अल्लोको उत्पादनको लागि टेनर दैलेख बाट र नेपाली कागजको लागी टेनर जाजरकोटबाट बोलाएर उत्पादन सुरु गरेको उनको भनाइ छ। गाउँमै उत्पादन हुने कच्चा पदार्थ सदुपयोग हुने र गाउँमै रोजगारी पाउने स्थानीयको भनाइ छ।

नेपाली कागजको लागि गएको वैशाखमा स्थापना गरेको उद्योगले दुई सयभन्दा बढी ताउ कागज उत्पादन गरेको छ। झन्डै पाँच फिट अग्लो हुने लोक्ताको बोट काटेर कागज बनाउन प्रयोग गरिन्छ। काटेको बोट पुनः दोस्रो वर्ष धेरै हाँगासहित पलाउने गर्दछ।

नेपाली कागज बनाउन चाहिने अन्य केमिकल कास्टिङ सोडा,ब्रिफ पाउडर र नुरीसमेत खरिद गरी ल्याइएको समितिका अध्यक्ष जसमल बोगटीले बताए। उद्योग सञ्चालनमा आएपछि स्थानीय चार जनाले रोजगारी पाएका छन्। अझै अद्योग सञ्चालनका लागि चाहिने उपकरण अभाव रहेको बोगटीको भनाइ छ।

गाउँमै ४५ दिने तालिम दिएर नेपाली कागज उत्पादन सुरु गरीएको गाउँपालिकाले जनाएको छ। स्थानीय उत्पादनलाई प्राथमिक्ता दिने नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताए। उनले भने, ‘स्थानीय उत्पादनलाई  आयस्रोत संगजोड्ने छौं।’ गाउँमै युवाहरुलाई रोजगारी दिने गरी गाउँ सभामा बजेट ल्याउने उनको भनाइ छ।  

प्रकाशित: ८ असार २०८० ०७:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App