१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी शोक

राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ।

उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको राप्रपाका नेता राजाराम श्रेष्ठले बताए।

उनको श्रीमान्, दुई छोरा र दुई छोरी छन्। दिवङगत चन्द राप्रपा नेता जयन्त चन्दकी आमा हुन्। उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।  

प्रकाशित: ८ असार २०८० ०५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App