५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

उपचारको क्रममा वडाध्यक्ष आलमको मृत्यु

रौतहटका एक जना वडाध्यक्षको मृत्यु भएको छ। रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष शेख मोजरे आलमको उपचारको क्रममा बिहीबार काठमाडौँमा मृत्यु भएको हो।

वडाध्यक्ष शेख दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए।

वडाध्यक्ष शेखको मृत्यु भएपछि राजपुर नगरपालिकाले शोक सन्देश जारी गरेको छ। राजपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले असार ८ गते एक दिन नगरपालिका कार्यालय र मातहतका सम्पूर्ण कार्यालयहरूमा शोक बिदा दिइएको जानकारी गराएका छन्।

प्रकाशित: ७ असार २०८० ०९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App