१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

जुम्ला प्रशासनमा जनशक्ति अभाव

जिल्ला प्रशासन कार्यालय जुम्लामा जनशक्तिको अभाव देखिएको छ। 

जनशक्ति अभावका कारण प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलाई अधिकृतस्तरका तीन कर्मचारीको कामसमेत एक्लैले गर्नुपरेको छ।

उनले अधिकृतस्तरका तीन कर्मचारीले गर्नुपर्ने कामसमेत आफू एक्लैले गर्नुपर्दा हम्मे हम्मे परेको सुनाए।

विसं २०७९ चैत २२ गते जुम्लामा हाजिर भएका प्रमुख जिल्ला अधिकारी घिमिरे जुम्लाको पहिलो राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारी हुन्।

प्रजिअ घिमिरे हाजिर भएयता उनी मातहतका न उपसचिव छन् न दुई अधिकृत कर्मचारी। चार जना अधिकृतस्तरको दरबन्दी भएको प्रशासन कार्यालय जुम्लामा सबैको काम आफैँले सम्हाल्नुपरेको प्रजिअ घिमिरेले बताए।

'धेरै पटक गृहमा कर्मचारी पठाउन अनुरोध गरेको छु। तर अहिलेसम्म कोही पनि पठाउने काम भएको छैन। यसले गर्दा प्रशासनका दैनिक काम प्रभावित भएका छन् भने सेवाग्रहीलाई सास्ती भएको छ। नागरिकता दिनेदेखि जनताका प्रत्यक्ष सरोकारका काममा एक्लैले हिँड्नु परेको छ।' उनले भने।

प्रजिअ घिमिरेले नीतिगत तहदेखि जनस्तरसम्मका काम गर्नुपर्दा निकै कठिनाइ भएको सुनाए।गृहले जतिसक्दो अधिकृतस्तरका कर्मचारी जुम्ला पठाइदिए सेवाग्राहीलाई सेवा दिन सहज हुने उनको भनाइ छ।

प्रकाशित: ६ असार २०८० १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App