१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बाढी पहिरोको असर ठुला दर्जनौँ जलविद्युत परियोजनामा

बाढीबाट जोखिममा परेको जलविद्युत योजनाको पावर हाउस। साथमा निर्माणाधीन मध्यमेवा जलविद्युत परियोजनाको सुरुङ मार्गको संरचना। तस्बिर:नागरिक/ताप्लेजुङ

 

ताप्लेजुङमा सञ्चालित युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलविद्युत आयोजनाका प्रबन्धक वीरेन्द्र श्रेष्ठलाई यो बेला पर्न सम्मको पिर परेको छ।  

करिब एक सय बढी जनशक्ति कार्यरत रहेको परियोजनाका लागि आवश्यक पर्ने सामान झापाबाट परियोजना स्थल आइरहेको थियो,पुल र सडक बगाएपछि ती सामानहरू बिच बाटैमा अलपत्र छन्। यति सम्मकी फुङलिङस्थित आशीका आयल सप्लार्यसमा उनले परियोजना स्थल लैजान खरिद गरेको ५ ड्रम डिजेल पनि त्यहाँ पुग्न सकेन। अब त राशन पनि सिद्धियो,ल्याउने बाटो छैन’नत खाना पकाउने इन्धन नै छ‘उनले यसरी दुःख बिसाए।  

हेंवाखोलाको पुल बाढीले बगाउँदा मेची राजमार्गको ताप्लेजुङ–फिदिम खण्ड अवरुद्ध छ। निर्माण स्थलमा चाहिने सामाग्री सकिएर जनशक्ति खाली राख्नुपर्ने अवस्था छ। स्थानीय सडक सञ्जालको सम्पर्क विच्छेद भएपछि भएपछि अहिले परियोजनास्थलमा आउजाउ बन्द भएकोले निर्माण कार्य रोक्नु बाहेक अर्को विकल्प नभएको श्रेष्ठले बताए। उनका अनुसार हयोवा खोला क्षेत्रबाट आउने बाटो बन्द। चाक्सिबोटे र थुम्बेदिनतर्फ छिर्न सकिने वैकल्पिक मार्ग समेत अवरुद्ध छ। थेचम्बुतिरबाट समेत आउन सकिँदैन। चारैतिरको सडक क्षेत्र अवरुद्ध भएपछि निर्माण कार्य रोक्नु त परै जाओस्,कार्यरत जनशक्तिलाई खुवाउने रासन समेतको अभाव भएको उनले सुनाए। ताप्लेजुङमा जलबिद्युतका ठुला परियोजना पनि थुप्रै छन्। त्यस परियोजनाले नियमित रूपमा सामग्री आयत नगरी परियोजना सञ्चालन गर्न कठिन अवस्था छ। तर बाटो बन्द भएपछि मौज्दात सामग्रीले धेरै दिन परियोजना गतिशील बनाउन सक्ने अवस्था नरहेको श्रेष्ठले जानकारी दिए। यहाँ ७३ मेगावाटको मध्य तमोर जलविद्युत परियोजना,७३.५ मेगावाटको मेवा डेभलपर्स,युनाईटेड हाइड्रोपावर जलविद्युत परियोजना,मध्य फावाखोला जलविद्युत योजना लगायत दर्जनौँ योजना सञ्चालनमा रहेका छन्। सडक सञ्जाल तत्काल सुरु नभए निर्माणले गति लिई रहेका यी योजना सामाग्रीको अभावमा रोकिने छन् भने कार्यरत जनशक्तिलाई खाद्यान्नको अभाव हुने देखिएको श्रेष्ठले जानकारी दिए।  

वाणिज्य संघले भन्यो‘ कृत्रिम अभाव सृजना नगर’  

ताप्लेजुङ उद्योग वाणिज्य संघले सडक सम्पर्क विच्छेद भएको यो बेला कृत्रिम अभाव सृजना गर्ने अनावश्यक मूल्य वृद्धि र कालोबजारी गरेमा कडा कारबाही हुने चेतावनी दिएको छ।  ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाले विज्ञप्ति प्रकाशित गरी कृत्रिम अभाव सृजना गर्ने,साबिक भन्दा बढी मूल्य लिएर बिक्री गर्ने र कालो बजारी गर्ने कार्य गरेमा व्यापारीहरूलाई कारबाही गर्ने बताए। उनले उपभोक्ताले आवश्यकता भन्दा बढी खरिद गर्नुपर्ने अवस्था नरहेको भन्दै सडक सञ्जाल विच्छेद भएको मौकामा आफूलाई आवश्यक पर्ने भन्दा बढी सामग्री खरिद गरी भण्डारण नगर्न समेत आग्रह गरेका छन्। वाणिज्य संघले यस्तो कार्यको सूक्ष्म अनुगमन समेत गर्ने बताएको छ।  

बाढी पहिरोले सात लघु जलविद्युत् गृहमा क्षति  

ताप्लेजुङमा बाढी पहिरोले सात वटा लघु जलविद्युत् गृह बगाएको छ। मैवाखोला गाउँपालिकामा मात्र ५ वटा लघु जलविद्युत आयोजना बगाएको छ।  यो सँगै पूरै गाउँपालिका अन्धकारमय भएको छ। बाढीले वडा नं ३ र ४ मा रहेका लघु जलविद्युत् आयोजनामध्ये केहीको पावर हाउस नै बगाएको छ भने केहीको पानी ट्याङ्की र केहीको पूरै संरचना बगाएर लगेको छ। गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार १८ किलोवाटको लोदम्बा हाइड्रो पहिरोले बगाएको छ। त्यस्तै ३६ किलोवाटको याम्फेवा हाइड्रो पावर हाउसमा क्षति पुगेको छ भने ३२ र ६४ किलोवाटको क्रमशःमाङमाया–१ र माङमाया–२ को लघु जलबिद्युतमा क्षति पुगेको छ। त्यही क्षेत्रमा रहेको १५ किलोवाटको ठाडेखोला लघु जलविद्युत आयोजना समेत बाढीले पूर्ण रूपमा बगाएको छ। त्यस्तै सिरिजङ्गा गाउँपालिका–८ याम्फिुदनमा दुई वटा लघु जलविद्युत् बाढीले बगाएको छ। तुम्या खोलाबाट निकालिएको ८ किलोवाट क्षमता र काबेली खोलाबाट उत्पादन हुने १५ किलोवाट क्षमताको लघुविद्युत गृहमा समेत क्षति गरेको सो वडाका वडाध्यक्ष कृष्ण गुरुङले बताए ।  

फोटो ः 

प्रकाशित: ६ असार २०८० ०६:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App