३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि शुरु भएको छः भौतिकमन्त्री ज्वाला

फाइल तस्बिर

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि थालनी गरिने बताएका छन्।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै शनिबार राति हेवा खोलामा गएको बाढी पहिरोको विषयमा जानकारी दिँदै मन्त्री ज्यावाले संखुवासभा र पाँचथरको उत्तरी क्षेत्रमा आएको बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजै देखि थालनी गरिने बताएका हुन्।

उनले सरकारले बाढीको कारण अवरुद्ध सडक खुला गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बताए। उनले बाढी पहिरोको कारण भौतिक पूर्वाधार सडक र पुलको मात्रै करिब ५० करोड र केही मानवीय क्षती समेत भएको बताए। उनले क्षती भएको हेवा खोलाको पुल भत्तकिएको ठाउँमा बेलिब्रिज बनाउने काम आजैदेखि शुरुवात गरेको बताए।

उनले १० दिनभित्रमा बेलीब्रिज जडान गर्नेगरी कामलाई अघि बढाएको बताए। उनले बाढीको कारण क्षती भएको विभिन्न स्थानको अवरुद्ध भएको सडक खुलाउनको लागि सडक डिभिजन कार्यालय इलाम,यान्त्रिक कार्यालय फिदिम,तमोर करिडोर योजना कार्यालय र मध्यपहाडी सडक कार्यालयका पदाधिकारीहरुलाई मन्त्रालयले निर्देशन दिएको बताए।

उनले भने,‘ शनिबार राती हेवाखोलामा आएको बाढीबाट भएको क्षतीको अनुमान करिव गर्दा भौतिक पूर्वाधार सडक र पुलको मात्रै करिव ५० करोड क्षती भएको छ। हाल क्षती भएको हेवा खोलाको पुल भत्तकिएको ठाउँमा बेलीब्रिज बनाउने काम आजैदेखि शुरुवात गरेका छौं। आजै हामीले सम्बन्धित कार्यालयमा सम्पर्क गरेर बेलिब्रिज उपलब्ध गराउने र १० दिनभित्रमा त्यो ठाउँमा बेलीब्रिज जडान गर्ने गरी कामलाई अघि बढाएका छौं। बाढीको कारण क्षेती भएको विभिन्न स्थानको अवरुद्ध भएको सडक खुलाउनको लागि सडक डिभिजन कार्यालय इलाम,यान्त्रिक कार्यालय फिदिम,तमोर करिडोर योजना कार्यालय र मध्यपहाडी सडक कार्यालयका पदाधिकारीहरुलाई मन्त्रालयले निर्देशन दिएका छौं। उहाँहरु योजना वद्धरुप अवरुद्ध सडक खुलाउन कामको थलानी गरिसक्नु भएको छ। सडक विभागबाट आकस्मिक रुपमा काम गर्ने गरी बेलीब्रिज निर्माण गर्न डिभिजन कार्यालय इलामलाई निर्देशन दिइएको छ। बेलीब्रिज नबेनसम्म जमिनको सतहबाट नै ड्राइर्भसनको माध्यमबाट सडक खुला गछौं। वर्षायाम सुरु भएसँगै बाढीपहिरोको कारण सडक अवरुद्ध हुने विषयलाई ध्यानमा राखेर पूर्वतयारीको कामलाई अघि बढाएका छौं।’

प्रकाशित: ३ असार २०८० ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App