२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

पानी अभावले सुक्न थाले धान खेत

तातोपानी गाउँपालिका ६ का हियाखोला गाउँका हर्क कामीले गत साता हियाखोला जिउलोमा रहेको एक भारी खेतमा कालीमार्सी धान रोपे। मानो रोपेर मुरी फलाउने कल्पनासहित खेतमा मार्सी धान रोपेका हर्क सुख्खा खडेरीले खेत नै सुकेर चिराचिरा परेपछि चिन्तित छन्।

उनको खेतमा रोपेका धानका बोटहरू सुकेका छन। जमिन चिरिएको छ। खेतमा धान फलेको वर्ष उनको घरमा ६ महिनामात्रै खान पुग्छ। पानी नपरे अब उनको खेत बाँझै रहने निश्चित छ।

हियाखोला गाउँकै खड्क विष्टले जेठ २१ गते धान रोपे। सिंचाइ गर्न नपाउँदा खेत सुकिसकेको छ। उनले भने, ‘पानी पर्याप्त नहुँदा किसानले खडेरीको सामना गरिरहनु परेको छ।

हर्क र खड्क प्रतिनिधि पात्रमात्र हुन्। उनीहरूजस्ता हियाखोला गाउँका झन्डै ७० घरधुरीका किसानहरू  खडेरीका कारण सुकेको खेत हेर्न बाध्य  छन्। सिंचाइ गर्न पालो कुर्नुपर्ने अवस्था छ।  

स्थानीय किसान असोजे कामीले भने,'रोपाइँ चल्दाचल्दै खेतमा संकलन भएको पानी सुकेर लेदोजस्तो भइसक्छ। एक–दुई दिन त टिक्ने अवस्था नै रहँदैन।झन्डै दुई दशकअघिसम्म हियाखोला जिउलोमा मार्सीधान लहलहाउँदो फलिरहेको हुन्थ्यो। किसानहरू खेतहरूमा जाँदा उत्साहित भएर घर फर्किरहेका हुन्थे तर अहिले धान रोपेर नसकिँदै जागर मरिसक्छ।'

जथाभावी वनजंगल फडानी हुनुले जुम्लामा पानीका मुहानहरू क्रमशः सुक्दै गइरहेका छन्। अहिले कतिपय किसानहरूले धानको विकल्पमा अन्य बालीनाली लगाउन सुरु गरेका छन्।

प्रकाशित: ३२ जेष्ठ २०८० १४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App