१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

माइतीघरमा नागरिकता माग्दै युवकले गरे आत्मदाहको प्रयास

नागरिकताको माग गर्दै काठमाडौंको माईतीघरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। मंगलवार काठमाडौंको माईतीघर मण्डलामा नागरिकताको माग गर्दै आत्मदाहको प्रयास गरेका हुन्।

जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागकिरता विधेयकमाथि सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको थियो।

सोही क्रममा एक युवकले मंगलवार आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन्। आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका निरजकुमार कामत रहेका छन्। उनी नागरिकताविहीन संघर्ष समितिका सदस्यसमेत हुन्।  

आत्मदाहको प्रयासपछि माईतीघर मण्डालमा सर्वोच्च अदालत र सरकारको बिरोध भएको छ। उनीहरुले सर्वोच्च अदालतले आफूहरुलाई न्याय नदिएसम्म काठमाडौंमा आन्दोलन गरेर बस्ने चेतावनी दिएका छन्।

आफूमाथि पेट्रोल खन्याएपछि प्रहरीले उनको उद्धार गरेर ट्रमा सेन्टर लगेको छ।

प्रकाशित: ३० जेष्ठ २०८० १३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App