१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कतारमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु

गौशाला—महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ७ का ४० वर्षीय रामशरण मण्डलको गएराति कतारमा मृत्यु भएको छ।

खाना खाएर सुत्न गएको र बिहान उनको मृत्यु भएको उनीसँगै सोही स्थानमा काम गर्दै आएका उनका दाजु सीयाशरण मण्डलले बताए।

पटक पटक गरी करिब १० वर्षदेखि कतारमा बस्दै आएका मण्डल गएराति खाना खाएर सुत्न गएको र बिहान उनको मृत्यु भएको उनीसँगै सोही स्थानमा काम गर्दै आएका उनका दाजु सीयाशरण मण्डलले बताए।

रामशरण पहिलेदेखि बिरामी रहेको र कतारमा बिरामी निको नहुने देखिएपछि नेपालमै गएर औषधि गर्ने भन्दै केहीदिनदेखि घर जाने तयारी गर्दै आएकामा उनको सुतेकै अवस्थामा मृत्यु भएको उनीसँगै सोही स्थानमा काम गर्दै आएका उनका भतिजा सुरेश मण्डलले बताए।

मण्डलसहित उनका दाजु, भतिजा र अन्य १०÷१२ जना आफन्त कतारमै काम गर्दै आएका थिए। यसअघि उनी बिरामी परेपछि पटक पटक उपचार पनि गराइएको थियो।

मृतक मण्डलको जन्मभूमि जलेश्वर नगरपालिका–७ स्थित घरमा बिहानैदेखि शोकमा छ। मृतक मण्डलकी आमा, पत्नी र तीन स–साना छोराछोरी छन्। रासस

प्रकाशित: ३ वैशाख २०७४ ०६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App