२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

काम गर्न चेन्नइ जादै गरेका युवक बाकसमा फर्किए

छोराको मृत्युको खबरले आमाको ८ दिनदेखि रुँदा रुँदै आँखाको आसु सुकि सक्या छ, तर अहिले म्म गाउँका कोहि पनि उनको खवर सोध्न आएका छैनन्। छिमेकी राजुकुमार पासवानले भने,‘लास कसरी आयो के हुँदैछ सोधपुछ गर्न मेयर उपमेयर यति सम्मकी वडा सदस्यले समेत सोधपुछ गर्न आएका छैनन्।'

पर्साको छिपहरमाई गाउँपालीका ५ भिस्वाका अमरजित पासवानको भारतको उडीसा प्रदेशमा भएको रेल दुर्घटनामा मृत्यु भयो। मृत्यु भएको ८ दिन पछि पासवानको शव उनको गाउँमा आइपुग्यो। रेल दुर्घटना भएको दोस्रो दिनदेखि मृतकका परिवारलाई खबर आएपनि ८ दिनपछि मात्र उनको शव गाउँ आइपुग्यो। २१ वर्षको कलिलो उमेरमा पासवानले ज्यान गुमाउँदा उनका परिवार अहिले शोकमा डुबेको छ।

मृतक अमरजित पासवानको आमा छोराले साउनमा घर फर्किन्छु भनेको थियो तर घरबाट निस्केको भोलिपल्ट नै मृत्यु सुन्नुपरेको बताउँछिन्। उनी भन्छिन् 'छोराले भनेको थियो आमा म जादै छु, साउनमा घर आउछु बिहिबार घर बाट निस्कयो शुक्रबार त घटना नै भयो।'

गाउँलेका अनुसार मृतक युवकको परिवार माथी बैंकको ऋण थियो। बैंकको ऋण गाउँको कमाइले तिर्न नसकेपछि मृतक पासवान रोजगारीका लागी राजधानी काठमाडौं गएका थिए। तर काठमाडौंमा पनि काम नपाएपछि परिवारको खर्च जुटाउन कामका लागि भारतको चेन्नइ जान लागेका थिए।

'बैंकको किस्ताका लागी एक दिन ढिलो भयो भने घरमा ताल्चा लगाइदिने धम्कि दिन्छन्, गाउँलेले भने,‘तर परिवारको आर्थीक अवस्था थाहा पाएर पनि एक रुपैयाँको राहत क्षतिपुर्ति लिएर यहाँ कोइ आएका छैनन्।'

भारतको उडीसामा भएको रेल दुघंटनामा परि अहिलेसम्म २ सय भन्दा बढी यात्रुहरुले ज्यान गुमाएका छन्। हजारौ मानिस घाइते भएका छन्। अझै उपचाररत मध्ये कतिपयको अवस्था गम्भिर रहेकाले मृतकको संख्या बढ्न सक्ने सम्भावना छ।

मृतकका दाई दिपक पाशवान घटनाको समयमा चेन्नइमा थिए। उनी त्यहा फर्निचर उद्योगमा काम गर्छन्। रेल दुर्घटनामा मुतक संगै उनका परिवारका अरु तिन जना थिए २ जना भारत बिहारका थिए भने दुइ जना नेपालका थिए। बिहार स्थित नगरकटियागंज मझरियाका भिनाजु शत्रुहन पासवान, भान्जा बजरङ्गी पासवान त्यसैगरी सो रेल दुर्घटनामा परि पर्सा पकहामैनपुर गाउँपालीकाका भान्जा रमानन्द पासवान गरि ४ जना एकै परिवारका फर्नीचर उद्योगमै कमाउनका लागी भारत जादै थिए। जसमा ३ जनाको मृत्यु भएको छ भने एक जना आइसियुमा उपचाररत छन्।

उनका अनुसार रेल उडिसा हुदै विशाखापट्टन भएर चेन्नइ गइरहेको थियो। शनिबार दाइ दिपकलाई घटनाको बारेमा जानकारी भएपछि उनी आइतबार घटना स्थलमा भाइको खोजिमा गएका थिए।

'अस्पतालमा १२ बजे राति भाइको शव बुझे, काठमाडौंको कागज थियो भाइको शरिरमा त्यहि हेरेर पहिचान गरे। त्यहाँको अवस्था एकदम गम्भिर थियो। एउटै शवलाई चार,पाच जनाले मेरो परिवारको हो भनी दावी गर्थे।'

उडिसा रेल दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई भारत सरकारले १० लाख रुपैया क्षतिपुर्ति दिने भनिएको छ। तर अहिलेसम्म त्यो क्षतिपुर्तिको बारेमा उनीहरुलाई केहि थाहा छैन्। 

प्रकाशित: २९ जेष्ठ २०८० १२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App