२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बस आगजनी गरेको आरोपमा ५ जना पक्राउ

मोरङको उर्लाबारी–३ मंगलबारेमा बिहीबार यात्रु वाहक आगजनी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ ब्यक्तिहरू मोरङको पथरीशनिश्चरे– १ का १८ वर्षीय प्रज्वल भन्ने गोकुल भण्डारी, पथरीशनिश्चरे–४ का २८ वर्षीय जीवन थापा,पथरीशनिश्चरे–९ का २० वर्षीय मानव भन्ने अनमोल राई, पथरीशनिश्चरे–२ का २० वर्षीय आयुष रिजाल र पथरीशनिश्चरे–२ का २० वर्षीय गोरे भन्ने मोहनकुमार मगर पक्राउ परेका हुन्। उनीहरुलाई जेठ २५ गते बिहीबार यात्रु वाहक बसमा आगजनी गरेको आरोपमा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

नयाँ मंगलबारेमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रु वाहक बसले विपरीत दिशातर्फ आउँदै गरेको प्रदेश नं.०१–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट स्कुटर चालक झापा कमल गाउँपालिका–२ का ३३ वर्षीय पवन सुवेदी गम्भिर घाइते भएका थिए । बस चालक झापा कन्काई नगरपालिका–३ का ३२ वर्षीय टंकप्रसाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ।  

तत्काल उपचारका लागि नजिकै रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारका क्रममा सुवेदीको मृत्यु भएको थियो। सुवेदीको मृत्यु भएपछि पक्राउ परेकाहरुले बस तोडफोड एवं आगजनी गरेकाले पक्राउ गरेको डिएसपी दाहालले बताए । पक्राउ परेकाविरुद्ध ‘आपराधिक उपद्रव’ कसुरमा अदालतबाट थप गरी घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।  

प्रकाशित: २८ जेष्ठ २०८० १४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App