२८ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

बाढीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगंगा नदीमा शनिबार राति एक्कासि आएको बाढीमा फसेका १२ जनाको सकुशल उद्धार गरिएको छ।

मेलापात गर्न गएको बेला नदीमा आकस्मिक बाढीका कारण फेसका उनीहरूको सशस्त्र प्रहरी गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले सकुशल उद्धार गरेको हो। बाढीबाट टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो।

सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बाढीमा फसेको सूचना आए पछि उद्धार टोली परिचालन गरिएको बताए। उद्धार गरिएकाहरूमा कपिलवस्तु नगरपालिका-६ की ७० वर्षीया गोपी परियार, ७० वर्षीया किरली परियार, २४ वर्षीया कविता कुमाल, ३८ वर्षीया रामी वयम्बु, ३२ वर्षीया मीना वयम्बु, ४५ वर्षीया बेलमति सुनार छन्।

यस्तै ४५ वर्षीया सुश्मा जिसी, १८ वर्षीया लालुमाया श्रेष्ठ, ३४ वर्षीया लक्ष्मी परियार, ४० वर्षीया बिना विक, २४ वर्षीया बिन्दा थापा तथा ३७ वर्षीय रेशम परियारको उद्धार गरिएको अधिकारीले बताए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो। उद्धार गरिएका सबै जनालाई सुरक्षित स्थानमा पुर्‍याइएको सशस्त्र प्रहरी बल, नेपाल नं २८ गण हेडक्वार्टर कपिलवस्तुले जनाएको छ।

प्रकाशित: २८ भाद्र २०८३ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App