१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

विङ्गर दुर्घटनामा चालकसहित १२ जना घाइते

दुर्घटनामा परेको विङ्गर। तस्बिर: महेश्वर

उदयपुरमा सवारी दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। आज बिहान ८.३० बजे सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट-लहान सडकखण्डकाे त्रियुगा नगरपालिका ४ बगाहामा ना १ ज ८३९१ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका हुन्।

गाईघाटदेखि यात्रु लिएर लहानतर्फ गईरहेको विङ्गर आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा विङ्गरमा सवार त्रिनपा ११ संगमटाेलका ७४ वर्षीय पूर्णबहादुर राई, उनकी बहिनी ६० वर्षीया रामकुमारी राई, त्रिनपा १२ का ४४ वर्षीय ज्ञानेन्द्र विक घाइते भएका छन्।

त्यसैगरी, ओखलढुङ्गागाकाे खिजिदेम्बा गाउँपालिका २ पोखरीका ४५ वर्षीय तिर्थ घिमिरे, काठमाडाैंकाे गोकर्णेश्वर नपा २ का ४४ वर्षीय स्वयम्भूराज पोखरेल, त्रिनपा १२ सोनापुरकी १७ वर्षीया प्रजिता बिक घाइते छन्। यात्रुहरू त्रिनपा ७ चुहाडेका २२ वर्यीय केवल ठकुरी, त्रिनपा २ का ७७ वर्षीय कमलबहादुर खडणका, साेही ठाउँका उमेर नखुलेका रामकुमार राउत र ५७ वर्षीय नरबहादुर खत्री पनि घाइते भएका छन्।

गाडी चालक सप्तरीकाे हनुमान नगरपालिका वडा नखुलेका २७ वर्षीय उपेन्द्र साह पनि सामान्य घाइते भएका छन्।  

घाइतेहरू सबैको टाउको, छाति, हातखुट्टा, कम्मरलगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको छ। उनीहरूको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको प्रहरी प्रवक्ता डिएसपी केदारमान लोङले बताए। गाडी र चालकलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी दोङले बताएका छन्।

प्रकाशित: २४ कार्तिक २०८२ ११:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App