४ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते

रोल्पा जिल्लाको माडी गाउँपालिका–२ खोलवाङस्थित घोराही–थवाङ शहीद मार्गमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख. ३१०१ नम्बरको बस उकालोमा अचानक ब्रेक फेल भई सडकमा पल्टिँदा १२ जना यात्रु घाइते भएका हुन्।

बसमा चालकसहित २९ जना सवार रहेका थिए। दुर्घटनामा सामान्य घाइते भएका १२ जनाको उद्धार गरी उपचारका लागि माडी गाउँपालिका–२ घर्तिगाउँस्थित स्मृति अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि सडक अवरुद्ध रहेको तथा बस घटनास्थलमै रहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित: ८ असार २०८३ १४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App