४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

भरतपुरमा आज ६ घण्टा विद्युत् सेवा अवरुद्ध हुने

फाइल तस्बिर

भरतपुर महानगरपालिकाका केही स्थानमा शुक्रबार बिहान विद्युत अवरुद्ध हुने भएको छ।

भरतपुर अस्पताल अगाडि  स्मार्ट सडकबत्ति जडानको काम भइरहेकाले बिहान ६ घण्टा विद्युत सेवा अवरुद्ध गर्न लागिएको विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले जानकारी दिएको छ।

विद्युत् सेवा भरतपुर अस्पताल रोड, पुरानो मेडिकल कलेज, एलाइभ हस्पिटल, नयाँ मेडिकल कलेज लगाएतका क्षेत्रमा बिहान ४ देखि १० बजे सम्म अवरुद्ध हुनेछ।

९ मिटर पि एस सि पोलको स्थानमा ११ मिटर पि एस सि पोल राख्ने काम भइरहेकाले विद्युत सेवा अवरुद्ध गर्नुपरेको प्राधिकरणका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए। नारायणी मावि अगाडिको   ११ केभि फिडर र ११ के भि हस्पिटल फिडर बन्द गरेर काम हुँदैछ।  

तोकिएको समय अगाडि नै काम सम्पन्न भएमा सो समय अगाडि नै लाईन सुचारु हुनेछ। यसबाट पर्न जाने असुविधा प्रती क्षमाप्रार्थी रहेको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

गर्मीको समयमा विद्युत सेवा अवरुद्ध हुँदा सर्वसाधारण झन् समस्या पर्ने देखिएको छ। विद्युत् प्राधिकरणले समय अगावै ट्यांकीमा पानी भर्न समेत अनुरोध गरेको छ।

प्रकाशित: २६ जेष्ठ २०८० ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App