४ वैशाख २०८१ मंगलबार
समाज

हिमपहिरोमा परी मृतक र घाइते परिवारलाई राहत

हिमपहिरोमा परि मृत्यु भएका तथा घाइते परिवारलाई राहत सहयोग उपलब्ध गराइएको छ।  

जुम्लाको पातारासी गाउँपालिका- २ तल्फी गाउँका मृतक र घाइते परिवारलाई गाउँपालिकाका जनप्रतिनिधिको रोवहरमा टेवा नेपालको आार्थिक सहयोग र महिला अधिकार केन्द्र मुगको समन्वयमा राहत सहयोग उपलब्ध गराइएको हो।

गत वैशाख २२ गते मुगुको च्यार्खु लेकको हिउँ पहिराेमा परि मृत्यु भएका घरपरिवारलाई खाद्यान्न तथा लत्ताकपडा र नगद वितरण गरिएको महिला अधिकार केन्द्र मुगुकी अध्यक्ष सुकमाया शाहीले बताइन्। उनका अनुसार करिब ५ लाख बराबरको राहत सहयोग गरिएको छ। उनिहरुलाई तल्फी गाउँमै पुगेर खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको उनले सुनाइन्।

गत वैशाख २२ मा मुगुको च्यार्खु लेकको हिउँ पहिरोमा परि पातारासी- २ तल्फी गाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको थियो।

यार्सा सङ्कलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये ३ जनाको मृत्यु भएको थियो। भने अन्य सामान्य घाइते भएका थिए। सोही मृतकका परिवार र घाइतेहरुलाई कपडा, खाद्यन्न र नगद राहत स्वरुप प्रदान गरिएको हो।

प्रकाशित: २४ जेष्ठ २०८० १०:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App