२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

विश्व वातावरण दिवस मनाइयो

विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। संयुक्त राष्ट्रसंघको आह्वानम हरेक वर्ष जुन ५ मा विश्वभर मनाउँदै आइएको यो दिवस यो वर्ष प्लाष्टिक प्रदूषणको विषयमा केन्द्रित रहेको थियो। नेपालमा ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौंः वातावरणमैत्री विकल्पको उपयोग गरौं’भन्ने नारासहित वातावरण विभागको आयोजनामा वन तथा वातावरण मन्त्रालय, वातावरण विभागको प्राङ्गण वन परिसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न भएको हो।  

कार्यक्रममा वातावरण विभागले वरिष्ठ कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठज्यूको अभिनयमा फोहोरमैला नजलाउनेसम्बन्धी तयार गरेको जनचेतनामुलक लघु चलचित्र प्रस्तुत गरिएको थियो। कार्यक्रममा वातावरणका क्षेत्रमा कलम चलाउने विभिन्न विधाका सञ्चारकर्मीलाई जनही नगद ५० हजार पुरस्कारसहित पुरस्कृत गरिएको थियो। यसवर्ष सम्मान प्राप्त गर्नेमा रेडियो एफएम विधामा बालिका मादेन, छापा÷पत्रपत्रिका विधामा भिष्मराज ओझा र अनलाइन विधामा गोविन्द प्रसाद पोखरेल रहेका छन्।  

कार्यक्रमका प्रमुख अतिथि मनमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले देशभर विभिन्न स्थानमा स्थापना गरेका वायु गुणस्तर मापन केन्द्रहरूबाट प्राप्त तथ्यांकको विश्लेषण गरी तयार गरिएको वायु गुणस्तर स्थिति प्रतिवेदन, २०२१ शीर्षकको पुस्तक विमोचन गरिएको थियो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका प्राध्यापक रेजिना मास्के ब्याजुले विश्वव्यापी रूपमा र नेपालमा प्लाष्टिकजन्य फोहोरको उत्सर्जन र त्यसको व्यवस्थापनसम्बन्धी तथ्यांक प्रस्तुत गर्दै विश्वव्यापी रूपमा नै उत्सर्जन हुने फोहोरमध्ये निकै कम मात्रामा पुनर्प्रयोग हुने आँकडा प्रस्तुत गरेकी थिइन्। उनले माइक्रो प्लाष्टिकका कारण समेत मानव स्वास्थ्य र पर्यावरणमा गम्भीर असर परिरहेको बताइन्।  

वन तथा वातावरण मन्त्री माननीय डा. वीरेन्द्र प्रसाद महतोले प्लाष्टिक झोला व्यवस्थापन र वायु गुणस्तर व्यवस्थापनमा प्रदेश र स्थानीय तहलाई समेत समावेस गरी अगाडी बढ्नु पर्ने धारणा राखेका थिए। साथै वन तथा वातावरण मन्त्रालय अन्तर्गतका निकायहरूले स्पष्ट कार्यादेशका साथ अगाडी बढ्नु पर्ने उनको धारणा थियो। विश्व वातावरण दिवसकै अवसरमा ५ जुनका दिन बिहान विद्युतीय सवारीसाधनको ¥यालीसमेत आयोजना गरिएको थियो। सो कार्यक्रम वातावरण विभागको आयोजना एवं विद्युतीय परिवहन निर्माता तथा आयात संघ, नेपालको सहआयोजनामा गरिएको थियो। विद्युतीय सवारीको प्रयोग बढाई वायु प्रदूषण कम गर्न जनचेतना जगाउने प्रमुख उदेश्य रहेको सो कार्यक्रममा सरकारी, गैरसरकारी एवं निजी सवारीसाधनको उल्लेख्य सहभागिता थियो।

प्रकाशित: २३ जेष्ठ २०८० ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App