२७ चैत्र २०८१ बुधबार
image/svg+xml १५:२४ अपराह्न
समाज

पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ घाइते

पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ घाइते जना घाइते भएका छन्। 

रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीमा सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब बलेरो जिप दुर्घटनामा परेको हो।

मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। घाइतेहरुलाई उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही पठाइएको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि बुटवलतर्फ पठाएको वडा अध्यक्ष रेम बहादुर रानाले बताए। दुर्घटनाग्रस्त जिप सडकदेखि करिब ७० मिटर तल खसेको छ।

प्रकाशित: २१ जेष्ठ २०८० १४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App