३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

जातीय विभेदका मुद्दा उठाएको भन्दै ‘प्रसाद–२’ का कलाकार सम्मानित

राष्ट्रिय दलित आयोगले चलचित्र ‘प्रसाद’ २ ’का कलाकारलाई सम्मान गरेको छ। आइतबार आयोगले गणतन्त्र दिवसको अवसरमा उनीहरूलाई सम्मान गरेको हो।

‘चलचित्र प्रसाद– २’ जातीय छुवाछुत तथा विभेदको सामाजिक न्यायको सम्मानित हुनेमा नायक, सुदर्शन बस्नेत, विपिन कार्की, अर्पण थापा, महेश त्रिपाठी, निर्माता सुदर्शन थापा, नायिका केकी अधिकारी, लगायत छन्। प्रमाणपत्र सहित दोसल्ला ओढाएर उनीहरूलाई सम्मान गरिएको हो।

 

चलचित्र ‘प्रसाद–२’ लेढंगबाट उठाएकोले प्रसाद– २ मा सामाजिक विभेदको रुपमा कायम जातीय विभेद तथा सामाजिक मुद्दालाई सशक्त रुपमा उठाएको जनाउँदै कलाकारहरुलाई सम्मानित गरेको आयोगका अध्यक्ष देवराज विश्वकर्माले बताए।

सम्मान समारोहको क्रममा अध्यक्ष विश्वकर्माले चलचित्र ‘प्रसाद– २ ’ को प्रशंसा गर्दै चलचित्र समाज रूपान्तरणको लागि प्रखर रुपमा उभिएको बताउँदै सबैले यो चलचित्र हेर्नु पर्ने बताए।

राष्ट्रिय दलित आयोगकी सदस्य मीना सोवले चलचित्रमा अन्तरजातीय विवाह गरेको जोडीको कथालाई आधार बनाएर समाजको हैकमवादी प्रवृत्ति विरुद्ध गम्भीर रुपमा उठान गरेको बताइन्।

सोही क्रममा चलचित्रका निर्देशक सुदर्शन थापाले चलचित्रको लागि पर्याप्त अन्य विषयवस्तु भए पनि आफूले देखेको, भोगेको समाजका दुःख कष्टलाई चलचित्रमा समेटेको बताए।

‘सामाजिक दमन शोषणको रूपलाई न्यायोचित रुपमा उतारिएको छ’ उनले भने। जातीय विभेदको मुद्दालाई समाजले झनै मलजल गरिरहेको हुनाले आगामी दिनमा पनि समाज बुझ्ने चलचित्र बनाउने घोषणा गरे।

नायिका केकी अधिकारीले आफू धेरै चलचित्रमा काम गरे पनि समाजभित्रै अपमानित हुनुपर्ने मानिसहरूको वास्तविक कथा र विषयवस्तुमा आफूले गहन भूमिका निर्वाह गरेको बताइन्।

समाज अहिले पनि विभेदबाट मुक्त हुन नसकेको भन्दै नायिका अधिकारीले सबै क्षेत्रबाट एकजुट भएर विभेदविरुद्ध आवाज उठाउनुपर्ने बताइन्।

नायक विपिन कार्कीले समाजमा धेरै कुराहरू परिवर्तन भए पनि मानिसहरूको सोच परिवर्तन नभएको बताए।

‘गाउँ गाउँमा छुवाछुत मुक्त भएको नारा लेखिएको छ, कार्कीले भने,‘तर व्यवहारमा छुवाछुत उस्तै छ।’

सुभाष थापाको प्रस्तुतिमा सुदर्शन बस्नेतको निर्माण रहेको चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ। राजेश श्रेष्ठले छायाङ्कन गरेको चलचित्रको कथा पत्रकार सुशील पौडेलले लेखेका हुन्। मिलन श्रेष्ठको सम्पादन रहेको यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन्।

प्रकाशित: १६ जेष्ठ २०८० १३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App