८ वैशाख २०८१ शनिबार
समाज

रोल्पालीका लागि बजेट ‘कागलाई बेल!’

सोमवार अर्थ मन्त्री डा. प्रकाशशरण महतले संसदमा पेस गरेको बजेट रोल्पालीका लागि ‘कागलाई बेल’ जस्तै भएको छ। यसपाली पनि बिगतमा जस्तै रोल्पालीले 'मेरो' भनेर अनुभुती गर्न पाउने खालको बजेट नआएको गुनासो सुनिन थालेको हो। बिगत १० बर्ष सशस्त्र द्धन्द्ध ताका रोल्पामा खासै बजेट आएन र आएको पनि काम हुन नसकेर फिर्ता भएको थियो। शान्ती प्रकृया पछि कहिले कसो रोल्पाली मन्त्री वा सभामुखको निगाहमा आर्थिक बर्षको अन्त्यमा केहि थप बजेट रोल्पा भित्रिने गरेको भए पनि गतिलो योजना र आयोजनाहरुको नाम भने सुनिदैन।  

सोमवारको बजेट ध्यान पुर्बक सुनेकी रोल्पाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एमाले सांसद ईश्वरी जिएम यो बजेटबाट कत्ति पनि सन्तुष्ट छैनन्। ‘हिजोको बजेटबाट रोल्पाले केहि पाएन। यो रोल्पालीका लागी दुर्भाग्यपुर्ण हो। बर्तमान प्रधानमन्त्रीले रोल्पालीलाई चिन्ने अबसर दिनु भो।’  

सांसद जिएम आक्रोशसहित थप्छिन् ‘२०६४ सालमा रोल्पाबाट चुनाब लड्दा प्रधानमन्त्री प्रचण्डले दिएका आश्वासन तिन पटक प्रधानमन्त्री हुदा केहि भएन। जिल्लामा सुरु गर्ने भनेको भएको माडि जलासय आयोजना समेत फिर्ता गरियो। रोल्पालीलाई भर्याङ बनाएर सत्ताामा पुग्नु बाहेक केहि भएन।’  

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापती तथा पुर्ब मन्त्री रोल्पाली नेता अमर पुन पनि बजेटले रोल्पालीलाई आहा भन्ने केहि नदिएको बताउछन्। ‘मदन भण्डारी राजमार्ग अन्र्तगत रोल्पामा काम गर्ने गरि बजेट बिनियोजन भएको छ। यहि नै महत्वपुर्ण बिषय देखियो।’ पुन भन्छन् ‘यो बाहेक शहिद मार्गमा क्रमागत होला बजेट अरु गतिलो योजना देखिएन। बजेट रोल्पालीले गौरब नै गर्ने खालको छैन।’  

 ‘हिजोको बजेटबाट रोल्पाले केहि पाएन। यो रोल्पालीका लागी दुर्भाग्यपुर्ण हो। बर्तमान प्रधानमन्त्रीले रोल्पालीलाई चिन्ने अबसर दिनु भो।’  

रोल्पाबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश माओवादी संसदिय दलका नेता जोखबहादुर महराले बजेट डिटेलमा हेर्नु पर्ने बताए। उनले भने ‘बजेटमा रोल्पाका लागी गौरबका योजना सुनिएन।’ रोल्पाबाट प्रदेश सभा सांसद दिपेन्द्र कुमार पुन पनि बजेट प्रति सन्तुष्ट छैनन्। ‘बाहिर केहि देखिएन। पेटमा केहि छ कि।’ उनी भन्छन् ‘बजेट यस्तो नहुनु पर्ने हो।’ सांसदहरु जस्तै कांग्रेस रोल्पा सभापती तथा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य किशोर आचार्य पनि बजेट प्रति सन्तुष्ट छैनन्। उनी भन्छन् ‘रोल्पा उहिले देखि नै ठगिएको हो। यसपाली फेरि ठगियो।’

लामो समय द्धन्द्धले थलिएको रोल्पामा बिभिन्न समयमा राजनितिक पहुचबाट थप धेर थोर बजेट भित्रिए पनि ठुला योजना वा गर्ब गर्न लायकका काम भने हुने गरेको पाईदैन। त्यसो त जिल्लामा सडक सञ्जाल बिस्तार भएको छ । भौतिक निर्माणमा पनि केहि बर्ष यता बजेट भित्रिने गरेको छ तर शिक्षा, स्वास्थ्य, रोजगार, कृषि जस्ता बिषयमा न बार्षिक बजेट बोल्छ नत अन्य समयमा भित्रिने बजेटले सम्बोधन गर्छ।  

रोल्पाबाट प्रदेश सभा सांसद दिपेन्द्र कुमार पुन पनि बजेट प्रति सन्तुष्ट छैनन्। ‘बाहिर केहि देखिएन। पेटमा केहि छ कि।’ उनी भन्छन् ‘बजेट यस्तो नहुनु पर्ने हो।’

नेपाल पत्रकार महासंघ रोल्पाका पुर्बअध्यक्ष खेम बहादुर बुढामगर भन्छन् ‘यो पालीको बजेटमा पनि रोल्पाले केहि पाएन। सहिद मार्गमा क्रमागत बजेट हाल्यो होला तर अरु देखिएन।’ उनी भन्छन,् डिटेल पढ्न नपाए पनि रोल्पामा थप योजना आएको छैन। ‘बजेटमा महत्वपुर्ण योजना देखिएन। यसो हुनु दुर्भाग्यपुर्ण हो। यो रोल्पा प्रतिको उपेक्षा हो।’  

बालकल्याण नमुना माध्यमीक बिद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेल बजेटले निजि बिद्यालयलाई प्रोत्सान दिने र सामुदायीक बिद्यालयलाई अपमान गर्न खोजिएको बताउछन्। ‘गणतन्त्र स्थापना पछिको निशुल्क शिक्षा नारा मात्र भयो, ब्यबहारमा भएन। शिक्षाका सवालमा अपेक्षा गर्न लायकको देखिएन। पञ्चायतको दरबन्दी आजसम्म यथाबत छ।’  

सत्ताको चरम सदुपयोग गर्दै आमुल परिबर्तन गर्ने आश्वासनका साथ हिजो युद्ध लडेकाहरु सत्तामा रहे पनि युद्धको उद्गम थलोमा गर्ब गर्न लायकको बजेट नआएपछि रोल्पालीहरुको असन्तोष बढेको हो। द्धन्द्धका समयमा मारिएका, बेपत्ता पारिएका, योन हिंसा खेपेका, घाईते, टुहुरा, अंगभंग भएका अनि त्योबेला घरबार बिहिन बनेकाहरुको पक्षमा बजेट कतै बोलेको देखिएन। बिगतमा द्धन्द्धका नाममा ठगिएको जिल्ला शान्ती प्रकृया पछि पनि निरन्तर ठगिईरहदा रोल्पालीहरुले चित्त दुखाएका छन्।

प्रकाशित: १६ जेष्ठ २०८० ०६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App