१५ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

हावाहुरीले २० लाखको बिद्युत संरचनामा क्षति

कपिलवस्तुमा हावाहुरीले २० लाख बढीको बिद्युतीय संरचना र सामाग्रीमा क्षति पुगेको छ। जेठ १० गते आएको प्राधिकरणको तौलिहवा र कृष्णनग वितरण केन्द्र अन्र्तगतका क्षेत्रमा रहेको बिद्युतको पोलसहित अन्य सामग्रीहरुमा क्षति पुगेको हो।

तौलिहवा वितरण केन्द्र अन्र्तगत एउटा बिद्युत खम्बा, ४ वटा कम्पोजीट, ११ र ३३ केबीए लाईनमा क्षति पुगेको तौलिहवा बितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताए। क्षति पुगको सबै ठाउमा मर्मत भई सकेको र अहिले सबै ठाउमा बिद्युत आपुर्ति भई सकेको झाले बताए। तौलिहवा बितरण केन्द्रमा सबै गरी ५ लाखको क्षति भएको थियो। 

उता हावाहुरीले चन्द्रौटा सव स्टेशन कृष्णनगर औधोगिक फिडर सिटी पडकेर आगलागी समेत भएर क्षति पुगको प्राधिकरण कृष्णनगरका प्रमुख सुशील पौडेलले बताए। त्यसबाट ५ लाख बढीको क्षति भएको थियो। हावाहुरीले कृष्णगनगर क्षेत्रमा बिद्युतको तार भएको ३० बढी स्थानमा रुख खसेर क्षति पुर्याएको थियो। बिजयनगर गाउपवालिकामा समेत क्षति भएको २४ घन्टा समेत बिद्युत अवरुद्ध बनेको थियो। हावाहुरीले १४ वटा पोल ढलेको थियो।

कृष्णनगर क्षेत्रका सबै ठाउँमा गरी हावाहुरीले कृष्णगनर क्षेत्रमा झन्डै १५ लाखको क्षति भएको प्रमुख पौडेलले बताए। २४ घन्टा पछि बिग्रिएको सबै ठाउमा मर्मत गरी बिद्युत आपूर्ति भई सकेको उनले बताए।  

प्रकाशित: १३ जेष्ठ २०८० ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App