जग्यादेवी पासवान भूमिहीन हुन्। आफू बसेको घर पनि ऐलानीमा छ तर पनि उनले यतिबेला साढे १० कट्ठा जमिन भाडामा लिएर त्यसैमा पोखरी खनाएकी छिन्। त्यो पोखरीमा माछा पालेकी छिन्। अहिले यही पोखरीबाटै दैनिक माछा बिक्री गर्छिन् र आम्दानी लिइरहेकी छिन्। उनको भनाइ छ, ‘२० हजार भुरा हालेका छौं। अब त प्रत्येक दिन आम्दानी दिन थालेपछि खुसीको सीमा नै छैन।’
उनको यो पोखरीमा माछा मात्र छैनन्, हाँस पनि तैरिइरहेका देखिन्छन्। १०० वटा हाँसका चल्ला हालेकामा केही मरे भने बाँकी हुर्कंदै छन्। यिनै माछा र हाँस हेरेर सुखका दिन कल्पन्छन् श्रीमान्/श्रीमती नै। त्यति मात्र होइन, यसरी भाडामा लिएको जग्गामा उनीहरूले पोषणयुक्त फलफूल समेत लगाएका छन्। यस्तो फलफूल आफू खाने र बढी भएको बजारमा बेचेर आम्दानी समेत लिने जग्यादेवी बताउँछिन्।
जग्यादेवी पासवान भूमिहीन हुन्। आफू बसेको घर पनि ऐलानीमा छ तर पनि उनले यतिबेला साढे १० कट्ठा जमिन भाडामा लिएर त्यसैमा पोखरी खनाएकी छिन्।
भूमिहीन परिवारलाई यति धेरै जमिन भाडामा लिएर उद्यम गर्ने सोच कसरी पलायो त? प्रश्न खस्न नपाउँदै जग्यादेवी सुनाउँछिन्, ‘हाम्रो गाउँमा राष्ट्रिय कृषक समूह महासंघले केयर नेपालको सहयोगमा विपन्न दलित समुदायका लागि पोषणमा पहुँच पुर्याउने उद्देश्यले कार्यक्रम सुरु गरेको थियो। यस क्रममा पोषण किन जरुरी छ भन्ने तालिम पनि दिइएको थियो। त्यसैको परिणाम हो यो अहिलेको हाम्रो काम।’
हो, पोषणको महत्व बुझेपछि जग्यादेवी र उनका श्रीमान्ले यो राम्रो कुरा रहेछ भन्ने थाहा पाए। त्यसपछि आँट गरे कि पोषणकै खेती गर्ने। एकप्रकारले भन्दा यो कार्यक्रमले उनीहरूलाई पोषणको नसा नै लगाइदियो। यो परिवार यति मेहनती छ कि आफ्नो यत्रो उद्यम हुँदाहुँदै पनि गाउँबाट तरकारी, फलफूल आदि किन्छन् र हाटबजारमा लगेर बिक्री गर्छन्, केही फाइदाकै लागि। ‘के गर्ने, आफ्नो जमिन छैन, खानै परिगो, बालबच्चा पढाउनै पर्यो,’ उनको भनाइ छ।
तालिममा जग्यादेवी मात्र होइन, उनी अध्यक्ष रहेकी चन्द्रावती महिला कृषक समूहका बीसैजना सदस्यले पोषण किन आवश्यक पर्छ। अझ गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र बालबालिकाका लागि किन झनै बढी पोषणयुक्त खानेकुरा चाहिन्छ भन्ने थाहा पाए।
तालिममा जग्यादेवी मात्र होइन, उनी अध्यक्ष रहेकी चन्द्रावती महिला कृषक समूहका बीसैजना सदस्यले पोषण किन आवश्यक पर्छ।
उनीहरूलाई यस्तो थाहा दिएपछि कार्यक्रम आयोजकले नै प्रतिपरिवार ९÷९ वटा हाँसका चल्ला पनि दिए। जब त्यो चल्ला हुर्केर ठुला हुन थाले, सबैका घरमा अण्डा सहज हुन थाल्यो। एकातिर यस्तो अण्डाले पोषणको काम गर्यो भने अर्कोतिर यिनै अण्डा बेचेर कापी, कलम, नुन, तेलजस्ता सामान्य खर्च पनि टर्न थाल्यो। समूहकी सदस्य कपुरदेवी दास भन्छिन्, ‘हामी त केही सामान चाहियो कि अण्डा बेचेर किन्ने हो।’
हाँस मात्र होइन, मेवा, लिची, कागतीजस्ता फलफूलका बिरुवा पनि दिएको महासंघले। उनीहरू यतिबेला यिनै बिरुवा पनि मजाले हुर्काइरहेका छन् र फल दिने समयको प्रतीक्षामा छन्। मीनादेवी राम भन्छिन्, ‘हामीले हुर्काइरहेका फलफूलको बोटले फल दिन थालेपछि त्यसले पनि राम्रै पोषणको काम गर्ने विश्वास लिएका छौं।’
हाँस मात्र होइन, मेवा, लिची, कागती जस्ता फलफूलका बिरुवा पनि दिएको महासंघले। उनीहरू यतिबेला यिनै बिरुवा पनि मजाले हुर्काइरहेका छन् र फल दिने समयको प्रतीक्षामा छन्।
अहिले यो गाउँमा मैले त यतिको अण्डा बेचें, म त दिनदिनै भातसँग अण्डा खाने हो, मैले त सुत्केरी भएका बेला हाँस काटेर मजाले मासु/भात खाएँ भन्नेहरू टन्नै भेटिन्छन्। ‘ओथारा दिने र थप चल्ला उत्पादन गर्ने क्रम निरन्तर चलिरहेकाले न अण्डा घट्ने न त हाँसको सङ्ख्या नै,’ यो समूहकी सचिव समेत रहेकी निर्दलीदेवी पासवान थप्छिन्, ‘खासमा हामीलाई पोषण कार्यक्रमले तागतिलो कुरा खाने नसा नै लगाइदियो।’
अब सबै जना मिलेर पोषिला खानेकुरा तयार गर्ने, गाउँलाई सफा राख्ने, आम्दानीमध्ये केही बचत गर्ने जस्ता कुरा पनि हुन्छन् रे उनीहरूका समूहमा। अरूको ज्यालाबनी गरेर जीविका चलाउने यी भूमिहीन महिलाले थालेका प्रयास अन्यत्रका लागि पनि अनुकरणीय हुन थालेको राष्ट्रिय कृषक समूह महासंघ भगवानपुर गाउँपालिका संयोजक रामचन्द्र यादवको भनाइ छ।
प्रकाशित: १२ जेष्ठ २०८० ०३:१५ शुक्रबार