१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

निजामती कर्मचारी अस्पतालमा थ्रिटेस्लाको एमआरई मेसिन

फाइल तस्वीर

निजामती कर्मचारी अस्पतालले अर्को सातादेखि नयाँ एमआरइ मेसिनबाट परीक्षण सेवा दिने भएको छ। उक्त एमआरआई मेसिन सरकारी अस्पतालमा पहिलोपटक आएको हो।

यस प्रकारको मेसिन नेपालमा निजी अस्पतालमा मात्र रहेको छ। मंगलबार अस्पतालले पत्रकार सम्मेलन गरी अस्पतालले दिँदै गरेका नयाँ सेवा, उपकरण तथा अध्यापन सेवाको बारेमा जानकारी दिएको हो।

निजामती कर्मचारी अस्पतालले अर्को सातादेखि नयाँ एमआरइ मेसिनबाट परीक्षण सेवा दिने भएको छ। उक्त एमआरआई मेसिन सरकारी अस्पतालमा पहिलोपटक आएको हो।

अस्पतालले आगामी तीन महिनाभित्र क्यान्सरको उपचारमा आवश्यक रेडियोथेरापी सेवा सुरु गर्ने जनाएको छ। राजधानीको केन्द्रमा रहेको यो रेडियोथेरापी सेवाले क्यान्सरका बिरामीले राहत पाउने अस्पतालका निर्देशक डा. विद्याननिधि पौडेलले बताए।

पाँच महिनाअघि नै आइसकेको मेसिन जडान तथा सुरक्षित प्रमाणीकरण प्रक्रियामा समय बितेको डा. पौडेलले बताए। यो मेसिनको सुरक्षा जाँचको लागि भारत, इटली र जर्मनीबाट प्राविधिक आएर पालैसँग विकीरण सुरक्षाको जाँच गरेका हुन्।

अस्पतालले आगामी तीन महिनाभित्र क्यान्सरको उपचारमा आवश्यक रेडियोथेरापी सेवा सुरु गर्ने जनाएको छ।

अस्पतालले केही समयमै ३ सय शय्यासहित सेवा दिने जनाएको छ। अस्पताललले यही वर्षंदेखि विशिष्ट चिकित्सा विषयमा पिजी र डिएम तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न सुरु गरेको छ। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानअन्तर्गत रहेर शैक्षिक कार्यक्रम सञ्चालन गर्ने निर्देशक पौडेलले जानकारी दिए। उनको अनुसार गाइनो अन्को, इन्टरनल मेडिसिन, अर्थोपेडिक्स र हेमाटोलोजीमा डिएम तहको अध्यापन सुरु भएको छ।

त्यसैगरी बिएन तहको नर्सिङ सेवा पनि सुरु गर्ने अस्पतालले जनाएको छ। त्यसैगरी उच्चस्तरको प्रयोगशाला निर्माण गरी सेवालाई थप गुणस्तरीय बनाउने अस्पतालले जनाएको छ। 

प्रकाशित: १० जेष्ठ २०८० ०१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App