२८ श्रावण २०७७ बुधबार
समाज

हिस्तानका दुई विद्यार्थी वेपत्ता

म्याग्दी – म्याग्दीको हिस्तानका दुई बालक विद्यालयबाटै बेपत्ता भएका छन् । हिस्तानको मण्डली प्राविको कक्षा ४ मा पढ्ने १० वर्षीय राजकुमार बिक र ८ वर्षीय सुवास रन्तिजा मङ्गलबार दिउँसोदेखि बेपत्ता भएका हुन् । 

दिउँसो १ बजे छुट्टीको समयमा विद्यालयबाट निस्किएका उनीहरु अहिलेसम्म फेला नपरेको आदर्श मावि, रीमा स्रोतकेन्द्रका स्रोतव्यक्ति भरतकुमार पुनले जानकारी दिए । विद्यालय पोशाक र झोलासहित रहेका उनीहरु घर नगएपछि अभिभावक र शिक्षकले प्रहरीमार्फत खोजी गरिरहेका छन् । 

खोजी गर्ने क्रममा उनीहरुले मङ्गलबार साँझ पर्वतको मल्लाज लामाखेतमा रहेका आफन्तकहाँ झोला राखेको पाइएको छ । तर उनीहरुको अवस्था पहिचान हुन नसकेकाले प्रहरीमार्फत खोजी तीव्र पारिएको स्रोतव्यक्ति पुनले बताए । रासस 

प्रकाशित: २ चैत्र २०७३ १४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App