३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

वन्यजन्तुको आखेटोपहारबाट निर्मित मुर्ती तथा पासाका गोटीहरु सहित दुई पक्राउ

काठमाडौं – दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा वन्यजन्तुका अखेटोपहारा ओसारपसार गर्ने दुई जनालाई प्रहरीले मंगलबार प्रक्राउ गरेको छ । 
उनीहरूलाई साइटिस महासन्धि १९७५ तथा राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत वन्यजन्तुको आखेटोपहारबाट निर्मित विभिन्न मुर्ती तथा पासा खरिद बिक्री गर्दै गर्दा काठमाडौंको रविभवनबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले प्रक्राउ गरेको हो । प्रक्राउ पर्नेमा काठमाडौं रबिभवन बस्ने ५४ वर्षकी सफलता प्रकाश र ३३ वर्षीया सुदर्शन खड्गी रहेका छन् । 
प्रहरीले उनीहरूको साथबाट वन्यजन्तुको आखेटोपहारबाट निर्मित देवी देवताका मुर्ति आकृति भएका वस्तु ४ थान, पासा ४ थान, वन्यजन्तुको पासाका गोटीहरू ३७ थान बरामद गरेको छ । 
 

प्रकाशित: २ चैत्र २०७३ ०८:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App