२८ श्रावण २०७७ बुधबार
समाज

साढे तीन किलो अफिमसहित युवक पक्राउ

भीमदत्तनगर—प्रहरीको सुदूरपश्चिम क्षेत्रीय ब्युरोको टोलीले आइतबार कैलालीको मुडा बजार क्षेत्रबाट तीन किलो सात सय ग्राम अफिमसहित एक युवकलाई पक्राउ गरेको छ। 

ब्युरोबाट खटिएको प्रहरी नायब निरीक्षक लोकराज भट्ट नेतृत्वको टोलीले विशेष सुराकीका आधारमा मुडा बजार क्षेत्रमा बाजुरा रुगिन–४ बस्ने वर्ष ३७ को बिर्ष कार्कीलाई खान तलासी गर्दा निजले बोकेको झोलामा उक्त परिणाममा अफिम भेटिएको ब्युरोले जनाएको छ । 

प्रहरीले अफिमसहित पक्राउ परेका कार्कीलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय सुख्खडको जिम्मा लगाएको जनाएको छ । रासस 

 

 

 

प्रकाशित: ३० फाल्गुन २०७३ १२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App