२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

स्थानीयको अवरोधले २ वर्षमा नी बनेन् खानेपानीको ट्यांकी

वीरगंज महानगरपालिका वडा नम्बर १६ मा नेपाल खानेपानीको ट्यांकी निर्माणमा स्थानीयले अवरोध गरेका छन्। स्थानियवासीको अवरोधका कारण अहिले खानेपानीको ट्यांकी निर्माण रोकिएको छ।

नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जले नेपाल सरकारको लक्ष्य अनुसार 'एक घर एक धारा' परियोजना अन्तर्गत वडा नम्बर १६ मा ट्यांकी निमार्ण गर्न थालेको छ। तर वडा नम्बर १५ र १६ का स्थानीयवासीको अवरोधका कारण अहिले निमार्ण कार्य अगाडी बढ्न सकिरहेको छैन।

नेपाल खानेपानी संस्थान शाखा वीरगंजका प्रमुख निरण महर्जनका अनुसार २ वर्ष पहिला देखि नै ट्यांकी निर्माणको लागी पहल गरिरहँदा पनि स्थानियको अवरोधका कारण सो निर्माण कार्य अलपत्र परेको थियो। उनका अनुसार निमार्ण हुन लागेकोे ट्यांकीको डिजाईन र अन्य प्रक्रिया समेत पुरा भइसकेको छ। ४ लाख ५० हजार लिटर क्षमता भएको ट्यांकी निमार्णमा ४५ करोडको डिपिआर पनि तयार भइसकेको शाखा प्रमुख महर्जनले बताए।

'निमार्णमा रोक लगाउदा केहि दिनयता अज्ञात समुहले निमार्णका लागी लगाइएको ४०/५० वटा पोलहरु झाडेर छाडेका छन्,‘ यसरी निर्माणमा रोक लगाउदा हरेका वर्ष खर्च समेत बढ्ने गरेको छ,'महर्जनले बताए।

२ वर्ष पहिला पुर्व वडा अध्यक्ष श्याम चौरसियाले निर्माण कार्य अगाडी बढाउन भने पनि हालका वडा अध्यक्ष प्रशुराम चौरसिया नै निमार्ण कार्यमा बाधक बनेको महर्जनले आरोप लगाएका छन्। स्थानीयलाई उचालेर वडा अध्यक्षले त्यहाँ ट्यांकी निर्माण गर्न नदिएको उनले आरोप लगाए।

यता वडा अध्यक्ष चौरसियाले स्थानियलाई खानेपानी धाराको आवश्यकता नै नभएको हुँदा निर्माण कार्यमा रोक लगाएको बताए। बाईपास हुँदै नगवा पोखरीका केही घरसम्म पाईपलाईन जडान गरिए पनि आउदो दिनमा कसैले प्रयोग नगर्ने उनको भनाइ छ।

'त्यसमा कृषि बजार लागउने भनिएर बोर्ड लगाईएको छ, फेरी खाने पानीको पनी बोड लगाईएको छ, अब स्थानीयको मांग बजार लगाउने छ,‘ उनले भने खाने पानीको पाईप लाइन बनाउदाँ त्यस क्षेत्रमा भएका चापाकलको धारा सुखेर जान्छ। कृषिको लागी छुट्याएको जग्गामा कृषिबजार नै लगाउने स्थानीयको भनाइ छ।'

सबैको घरघरमा चापाकल रहेको हुँदा खानेपानी अन्तर्गतका सरकारी धाराको कुनै आवश्यक नै नभएको हुँदा स्थानियले ट्याँकीं निर्माण गर्न नदिएको उनले बताए।

यता वीरगञ्ज महानगरपालीकाले कृषि बजारको लागी टेन्डर आहवान गरिसकेको बडा अध्यक्षको भनाइ छ। अहिले ३/४ वटा कम्पनिले ४ करोड को टेन्डर भरेको वडा अध्यक्ष चौरसियाले बताए।  

प्रकाशित: ७ जेष्ठ २०८० १२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App