२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय युवा सम्मेलन आजदेखि

जलवायु परिवर्तनका कारण सबैभन्दा बढी जोखिममा रहेको दक्षिण एसिया क्षेत्रलाई सक्षम बनाउने उपायको खोजी गर्ने उद्देश्यले शुक्रबारदेखि अन्तर्राष्ट्रिय युवा सम्मेलन सुरु हुँदैछ। दक्षिण एसियालगायत विश्वका १४ देशका करिब सय युवाको सहभागिता हुने यो सम्मेलनको मुख्य विषय ‘हिमालय क्षेत्रमा जलवायु उत्थानशीलता, सबैका लागि भलाइ’ छ।

ग्लोबल सेपर्स कम्युनिटी काठमाडौं र एनसेल आजियाटाको संयुक्त आयोजनामा हुन लागेको यो सम्मेलनमा जलवायु उत्थानशीलताका लागि नवीनतम र समस्या समाधानका उपायमा छलफल हुनेछ। यसपटक सम्मेलन दक्षिण एसियाली राष्ट्रमा आयोजना गरिएकाले ‘सेप साउथ एसिया–२०२३’ नाम दिइएको हो। सम्मेलनमा विभिन्न विषयगत सत्र हुनेछन्।

सम्मेलन समापनसँगै युवा तथा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत संस्थाहरूको आवाज समेटेर एउटा पैरवीपत्र (एड्भोकेसी पेपर) जारी गरिनेछ।सम्मेलनका क्रममा नेपाल उद्योग परिसंघ (सिएनआई), नेपाल चेम्बर अफ कमर्स तथा नेपाल उद्योग परिसंघअन्तर्गतको युवा उद्यमी मञ्च (सिउनआइवाइइएफ) जस्ता निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न प्रतिबद्धता व्यक्त गर्नेछन्।

जलवायु परिवर्तनका कारण सबैभन्दा बढी जोखिममा रहेको दक्षिण एसिया क्षेत्रलाई सक्षम बनाउने उपायको खोजी गर्ने उद्देश्यले शुक्रबारदेखि अन्तर्राष्ट्रिय युवा सम्मेलन सुरु हुँदैछ।

सम्मेलनमा सहरमा आधारित परियोजनाको घोषणा गरिनेछ भने व्यावसायिक तथा निजी क्षेत्रले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरणमा मा के–कस्तो योगदान गर्न सक्छन् भन्ने विषयमा छलफल हुनेछ।

सम्मेलनलाई सहयोग गरेको एनसेलका प्रमुख कार्यकारी जाबोर कायुमोभ भन्छन्, ‘एक्जियाटा समूहको बृहत् रणनीतिक खाकाअन्तर्गतको वातावरणीय, सामाजिक तथा सुशासन नीतिअनुसार दीर्घकालनीन महत्वको योजनामा हाम्रो समर्थन छ। यो अन्तर्राष्ट्रिय सम्मेलनले जलवायु उत्थानशीलताका लागि आपसी सहकार्यको विकास गर्नेछ भने व्यवसाय र पृथ्वी दुवैलाई बाँच्न सक्ने वातावरण सिर्जना गर्न योगदान गर्नेछ।’

सम्मेलनको स्थानीय आयोजक ग्लोबल सेपर्स काठमाडौं रहेको छ। स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड को–अपरेसन (एसडिसी), सेक्युरिटी पल, कोकाकोला, एनआइबिएल एस क्यापिटल, नबिल बैंक र इसिमोडले पनि सम्मेलन आयोजनामा सहयोग गरेका छन्।

यसैगरी क्लाइमेट रियाल्टी टिम र योेङ ग्लोबल लिडर्सले सम्मेलनको प्राविधिक पक्षलाई संयोजन गरेका छन्।

सम्मेलनको स्थानीय आयोजक ग्लोबल सेपर्स काठमाडौं रहेको छ। स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड को–अपरेसन (एसडिसी), सेक्युरिटी पल, कोकाकोला, एनआइबिएल एस क्यापिटल, नबिल बैंक र इसिमोडले पनि सम्मेलन आयोजनामा सहयोग गरेका छन्।

सम्मेलन आयोजना गर्नुअघि आयोजकहरूले वृक्षरोपण अभियानअन्तर्गत तराई क्षेत्रसहित देशका विभिन्न स्थानमा २२ सय बोटबिरुवा लगाएका छन्। वायुमण्डलमा रहेको कार्बन सोस्न तथा वातावरणीय संरक्षणमा योगदान दिन सहयोग पुग्ने भएकाले वृक्षरोपण गरिएको ग्लोबल सेपर्स काठमाडौंका सदस्य केशव सरावगीले बताए।

सम्मेलनमा ग्लोबल सेपर्स काठमाडौंले वातावरण संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणका क्षेत्रमा गरेका केही नवीनतम कार्य प्रस्तुत गरिनेछ। वर्ल्ड इकोनोमिक फोरमको सक्रियतामा स्थापना भएको ग्लोबल सेपर्स कम्युनिटीका १२२ देशका ५०५ सहरमा केन्द्र (हब) छन्।

प्रकाशित: ५ जेष्ठ २०८० ००:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App