१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

घाँस काट्न जाने क्रममा भिरबाट लडेर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपका लाक्पा ठिन्डुक शेर्पाको मृत्यु भएको छ।

५४ वर्षिय उनी स्थानीय ज्यामिर थान्का भिरमा घाँस काट्न गएका थिए। उनका भाई मिङ्मा ठिन्ले शेर्पाका अनुसार घाँस काट्न गएका उनी फर्किएर नआएपछि खोजतलास गर्ने क्रममा भिरको खोँच भागमा मृत अवस्थामा भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार शव पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको छ।

प्रकाशित: २ जेष्ठ २०८० ०७:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App