२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

कस्तो रहला आजको मौसम?

हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित भएको “मोखा” नामक अति शक्तिशाली चक्रवात बंगलादेश तथा म्यानमारको क्षेत्रमा प्रवेश गरिसकेको र कमजोर भइरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने देखिन्छ।

सोमबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का  वर्षाको संभावना रहेको छ।

प्रकाशित: १ जेष्ठ २०८० ०१:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App