७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

सीमान्तकृतका मुद्दालाई प्राथमिकता दिने प्रतिबद्धता

पत्रकार र नागरिक अभियन्ताहरूले सीमान्तकृत समुदायका मुद्दालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सुर्खेत, दैलेख, कालिकोट, हुम्ला, काठमाण्डौं र बाँकेका पत्रकार र नागरिक अभियन्ताहरुलाई दिइएको प्रशिक्षक, प्रशिक्षार्थी (टट) तालिमको समापन कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

कार्यक्रममा सहभागी पत्रकार तृप्ति शाहीले कर्णालीका सीमान्तकृत समुदायका मुद्दाहरूलाई प्राथमिकता दिने बताइन्। दलित समुदायमा भएका विभिन्न समस्या उठाउने उनको भनाई छ। आजसम्म महिला, बालबालिकाकाका विभिन्न सवालमा कलम चलाएको भन्दै उनले बताइन्। 

उनले भनिन्, ‘तालिम पछि दलित समुदायका मुद्दामा पनि लेख्ने प्रेरणा मिलेको छ। अब देखि यो विषयमा पनि लेख्नेछु।’

तालिममा सहभागी ललित विष्टले समाजमा रहेका हरेक नागरिकका इस्युहरुलाई पहिले देखिनै उठाउँदै आएको बताए। उनले भने ‘समाजमा रहेका बालबालिका, मानव अधिकार, दलित अधिकार तथा लैङ्गीक हिंसा, पिछडिएका वर्ग, छाउपडी प्रथा, महिला हिंसालाई पहिलो प्राथमिकता दिने छु।’

यस्तै तालिममा सहभागी सिर्जना बुढाथोकीले तालिमबाट अधिकारका बारेमा लेख्न सहज भएको बताइन। लेख्दै आएको विषयवस्तुमा थप निखारता ल्याउनको लागि सहयोग पुगेको उनको भनाई थियो। तालिमका सहभागीले यी मुद्दालाई प्राथमिकता दिने जनाएका छन्।

अधिकारकर्मीहरुका लागि दलित महिला संघ (फेडो) को आयोजनामा तालिम भएको हो। तालिममा प्लान इन्टरनेश्नल नेपालको समन्वय र युरोपियन युनियनको सहयोगमा रहेको थियो।

यही वैशाख २७ गतेदेखि सुरु भएको तालिममा ३१ गते समापन भएको छ। कार्यक्रममा ६ जिल्लाका २५ जना पत्रकार र नागरिक अभियन्ताहरुको सहभागिता रहेको थियो। तालिममा वरिष्ठ पत्रकार बविता बस्नेत र पत्रकार एवं दलित अधिकारकर्मी अमर सुनारले प्रशिक्षण दिएका थिए। कार्यक्रम नेपालगन्जको स्नेहा होटलमा सम्पन्न भएको हो।

तालिमको समापनमा बोल्दै दलित महिला संघ लुम्बिनीकी अध्यक्ष निर्मला सुनारले दलित महिला संघको उद्देश्यमा तालिमका सहभागीहरूले सहयोग पुगाउने अपेक्षा गरिन।

सो तालिममा लेखन र यसको महत्त्व, लेखन शैली, मानव अधिकार हनन लगायतका विषयमा छलफल सुरु गरिएको हो। कार्यक्रममा समाजमा रहेका विभिन्न विषयमा रहेर खोज तथा अनुसन्धानात्मक पत्रकारीतालाई प्राथमिकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था दलित महिला संथा (फेडो) नेपाल कालिकोटका संयोजक रमेश नेपाले जानकारी दिए।

दलित महिला संथा (फेडो) नेपालले अहिले नेपालले कालिकोटका चार वटा स्थानीयतहमा ‘हाम्रो आवाज हाम्रो रोजाइ कार्यक्रम सुरु गरेको छ भने अन्य प्रदेशमा पनि विभिन्न कार्यक्रम गरिरहेको छ।

प्रकाशित: ३१ वैशाख २०८० १३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App