१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अदालतले न्याय नदिएको धोबिनिया घटनाका पीडितको गुनासो

बाटो विस्तारको क्रममा दिउँसै गोली हानी हत्या गरेको र हत्यामा संलग्न रहेकोलाई अदालतले धमाधम रिहा गरेपछि घटनाका पीडितहरुले न्याय माग्दै पत्रकार सम्मेलन गरेका छन्।

गत बैशाख २ गते शनिवार रौतहटको गढीमाई नगरपालिका ८ धोबिनियामा सडक विस्तारको क्रममा गोली प्रहारबाट एक जनाको मृत्यु भएको र चार जना घाइते भएका थिए।  घटनाका पीडितहरुले आइतबार पत्रकार सम्मेलन गर्दै अदालतले न्याय नदिएको र आफूहरु झन् अन्यायमा परेको बताएका छन्।

घटनामा तत्काल पाँच जनालाई प्रहरीले पक्राउ गरेकोमा तीन जनालाई अदालतले धरौटीमा रिहा गरिसकेको र रिहा भएकाहरुले फेरि गाउँमा धम्की दिइरहेको पीडितहरुले पत्रकार सम्मेलनमा बताएका छन्। हत्या गर्ने,हत्याको षड्यन्त्र गर्ने तथा मृतक र घाइतेलाई घेरा हाली गोली प्रहारमा सहयोग गरेको भिडियोसमेत रहेको अवस्थामा अदालतले दोषी करार गरी हदैसम्मको सजाय दिनुपर्नेमा अदालतले रिहा गरिदिएपछि आफूहरु थप अन्यायमा परेको पीडितको दाबी छ।

अदालतबाट रिहा हुनेहरुले नै घटनामा संलग्न रही अहिलेसम्म फरार रहेका राम ईश्वर राय यादव र राजेश्वर राय यादवलाई मिलेर भगाउने काम गरेको आरोप पीडितहरुको रहेको छ। अपराध गर्ने अपराधी तथा अपराधीलाई भगाउने काम गरेका तिनै जनालाई अदालतले रिहा गरिसकेपछि थप अन्यायमा परेका पीडितहरुले बताएका छन्।  

घटनामा संलग्न रहेका दुई जनालाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न नसकेको भन्दै पीडितहरुले आक्रोश व्यक्त गरेका छन्।

गत २०८० बैसाख २ गते शनिवार बेलुका साढे ४ बजेको समयमा जिल्ला रौतहट गढीमाई नगरपालिका ८ धोबिनिया टोलस्थित सार्वजनिक सडक विस्तारको विषयमा गोली प्रहार हुँदा राजकुमार राय यादवको तत्कालै मृत्यु भएको थियो भने निरञ्जन यादव, बालधर राय यादव, राम प्रताप राय यादव र कपिलदेव राय यादवलाई गोली लागी घाइते भएका थिए।

प्रकाशित: ३१ वैशाख २०८० १३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App