१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रूपान्तरणका लागि रूपान्तरित नेतृत्व !

‘यति बेला कोरोना भन्दा ठुलो महामारी आत्महत्या देखिएको छ। अब मानसिक स्वास्थ्यमा बजेट विनियोजन गरी आम सचेतिकरण गर्नु पर्छ। पूर्वाधार निर्माण मात्रै विकास हैन, मानवीय तथा सामाजिक विकास पनि समृद्धिको आधार हो। त्यसैले हरेक पालिकाले सामाजिक विकास तथा मानवीय विकासमा बजेट विनियोजन गर्न जरुरी छ।’ जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतमले भनिन् ‘महिलाहरुलाई स्वरोजगार मुखी कार्यक्रममा जोडन जरुरी छ। उनिहरुको आवश्यकता हेरेर कार्यक्रमका लागि बजेट विनियोजन गरी कार्यान्वयन गर्नु पर्छ।’

लैगिकं समानता, समावेशी बजेट विनियोजनका लागि द्वन्द्व प्रभावित, लैगिंक हिंसा प्रभावित तथा पछाडि पारिएको समुदाय तथा बर्गलाई लक्षित गरी पालिकाको कार्यक्रमहरु निर्माण र कार्यान्वयनमा ल्याउन भन्दै सञ्चालित ‘रूपान्तरणका लागि रूपान्तरित नेतृत्व’ तालिममा सहभागीले विभिन्न कार्यक्रम पनि निर्माण गरेका छन्।

तालिममा सहभागी मुसिकोट नगर पालिकाका उपप्रमुख विमल कुमार पुनले भने ‘हामी जन प्रतिनिधिहरूको सोच र व्यवहारमा रूपान्तरण जरुरी छ। त्यस पछि मात्र समुदायमा रहेका विभेदकारी मूल्यमान्यता परिवर्तन गर्न सकिन्छ भन्ने कुरा तालिमले सिकाएको छ।’

बाफीकोट गाउँपालिका उपाध्यक्ष तारा बुढाले लैगिकं समानता तथा सामाजिक समावेशी मैत्री बजेट विनियोजन गर्नका लागि तालिमहरूले मार्गदर्शन गर्ने गरेको बत्ताइन्।

‘हामी अहिले बजेट विनियोजन र योजनाको समयमा छौ त्यसैले पनि तालिम फलदायी भयो।’ उपाध्यक्ष बुढाले थपिन ‘हाम्रो काम कर्तव्य अधिकारको कुराहरूलाई पनि स्पष्ट भए आगामी दिनमा सहज हुने छ। द्वन्द्व प्रभावित महिलाहरूका लागि अहिले पनि थुप्रै कार्यक्रम गर्न जरुरी छ। उनिहरुको दीगोजिबिको पार्जन सिपमूलक तथा आयमूलक कार्यक्रम गर्नुपर्ने देखिन्छ।’

तिन दिनसम्म तालिमको सहजीकरण गरेकी ओरेक नेपालकी लक्ष्मी अर्यालले न्यायिक समितिमा महिला हिंसाको केशहरूमा कसरी संवेदनशील र एकरूपता गरेर जाने भन्ने बारेमा सहभागी जानकार भएको बत्ताइन।

‘बजेट निर्माणको समय छ त्यसैले अब उहाँहरूले लैङिगीक मैत्री बजेट निर्माणमा पहल पर्नुहुने छ।’

महिला पुनर्स्थापना केन्द्र ओरेक रुकुमले जिल्ला समन्वय समिति रुकुम पश्चिमसँगको समन्वयमा ३ दिन सम्म संचालन गरिएको तालिममा जिल्लाका सबै पालिकाका उपप्रमुख, न्यायिक समितिका सदस्य, महिला शाखाका कर्मचारी गरी दुई दर्जनको सहभागिता रहेको थियो।

तालिममा सहभागीहरूले आगामी वर्षको लागी योजना निर्माण गरेका थिए। द्वन्द्व प्रभावित महिलाहरुलाई दिगो जिबिकोपार्जमा जोड दिँदै सिपमूलक तालिमको आयोजना गर्ने, अल्पकालीन सुरक्षा आवास सञ्चालन गर्ने, स्तनपानकक्षको व्यवस्थापन गर्ने, लैगिंक हिंसाको केशमा छुट्टै कोठा तयार गर्ने र मनोबिमर्शकर्ताको ब्यस्थापन गर्ने योजना तयार गरेका थिए।

त्यसैगरि हानिकारक अभ्यास विरुद्धका सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने, द्वन्द्व प्रभावित महिलाहरुलाई बिउ पुजिको दिई आत्मनिर्भर बनाउने खालका कार्यक्रमहरु सञ्चालन गर्ने, लैगिंक हिंसा निवारण कोष परिचालन, व्यवस्थापन र छोरी बिमा अभियान कार्यक्रम संचालन गर्ने कार्यक्रम निर्माण गरिएको थियो।

समाजमा रहेका हानिकारक परम्परागत अभ्यासहरूलाई रूपान्तरण गर्न रूपान्तरित नेतृत्व आवश्यक रहेको छ भन्ने कुराको अनुभूति गराई व्यवहारिक तथा नीतिगत योजना बनाई कार्यान्वयनमा ल्याउने वातावरण तयार गर्नु तालिमको औचित्य रहेको ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले बत्ताइन।

‘रूपान्तरणका लागि रूपान्तरित नेतृत्व’ विषयमा ओरेक नेपालका लक्ष्मी अर्यालले सहजीकरण गरेकी थिइन भने बार एसोसिएसन रुकुमका पूर्व अध्यक्ष अधिवक्ता गणेश हमालले न्यायिक समितिको काम कर्तव्य अधिकार र जिल्ला समन्वय प्रमुख लुम्बिनी गौतम बजेट विनियोजनका बारेमा सहजीकरण गरेका थिए।

प्रकाशित: २९ वैशाख २०८० १५:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App