४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा, आफन्तलाई ३० प्रतिशत छुट

विराटनगर- विराटनगरस्थित गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेको सेवा सुविधा सार्वजनिक गरेको छ। केही दिनअघि आफ्नो वार्षिक साधारणसभामा मोरङका पत्रकारलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको अस्पतालले पत्रकारले पाउने सेवा सुविधाबारे जानकारी सार्वजनिक गरेको हो।

अस्पतालमा पाउने निःशुल्क सेवामा ओपिडी सेवा, एक्सरे, अल्ट्रासाउन्ड, बेड चार्ज, इसिजी आदि सेवा निःशुल्क छन् भने ल्याबमा हर्मोनल टेस्टबाहेकका अन्य सेवा निःशुल्क गरिएको छ।  यस्तै पत्रकारका आमा, बुबा, छोराछोरी, श्रीमान्–श्रीमतीलाई ३० प्रतिशत छुटमा उपचार गर्ने अस्पतालले जनाएको छ। रासस 

प्रकाशित: १४ फाल्गुन २०७३ ०७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App