१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

परराष्ट्र र सुरक्षा मामिला बिट हेर्ने महिला पत्रकारमा कमी

परराष्ट्र र सुरक्षा मामिला बिट हेर्ने महिला पत्रकार कम रहेको पाइएको छ। मिडिया एड्भोकेसी ग्रुपले(म्याग) निकालिएको अध्ययनले परराष्ट्र र सुरक्षा मामिला बिट हेर्ने महिला पत्रकार कम रहेको पाइएको हो। अध्ययन अनुसार परराष्ट्र र सुरक्षा मामिला विट हेर्ने महिला पत्रकारको ६.६ प्रतिशत मात्र रहेका छन्।

छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत ८ सय महिला पत्रकार प्रश्नावली पठाइएकोमा ५ सय जना महिला पत्रकार सहभागी रहेको छ। यो अनुसन्धान मिडिया एड्भोकेसी गु्रपले नोभेम्बर २०२२ देखि फेब्रअरी २०२३ सम्म गरिएको हो। सहभागी महिला पत्रकार मध्ये २३.९ प्रतिशत सामाजिक बिटमा महिला पत्रकार रहेका छन् भने १९.५ प्रतिशत लैंगिकता बिटमा महिला पत्रकारको सहभागी रहेको उक्त ग्रुपको कार्यकारी अध्यक्ष अनिता बिन्दुले बताइन्। विभिन्न विद्यमान अवस्था, सामाजिक वातावरण, क्षमता विकासको कमी र महिललाई हेर्ने दृष्ट्रिकोणको कारण अहिले पनि महिलालाई मुल प्रवाहका बिटमा कमै मात्र जिम्मेवारी दिइएको बिन्दुले बताएकी छिन्।

त्यस्तै म्यागको अनुसार १३.३ प्रतिशत महिला पत्रकार राजनीतिक बिटमा, ११.१ प्रतिशत स्वास्थ्य बिट, ६.२ प्रतिशत आर्थिक, वातावरण र मनोरञ्जन बिटमा महिला पत्रकार आबद्ध रहेको देखिएको छ। यसैगरी खेलकुदमा २.२ प्रतिशत, मानव अधिकार र कानुनमा बिटमा ०.४ प्रतिशत र ४ प्रतिशत सबै बिट हेर्नेमा कार्यरत रहेको म्यागको अध्ययनले जनाएको छ।

अध्ययनमा सहभागी ७२.८ प्रतिशत महिला पत्रकारले परराष्ट्र तथा सुरक्षा मामिलामा महिला पत्रकारको सहभागीता कम रहेको बताएका छन्। सहभागीमा २३.६ प्रतिशत परराष्ट्र सुरक्षा मामिलामा महिला पत्रकार कम हुनुमा जेन्डर स्टेरियोटाइप्स र लैंगिक पूर्वाग्रह मुख्य रहेको अध्यक्ष बिन्दुले बताइन्। यसैगरी १९.८ प्रतिशतले चासो र ज्ञानको कमी, १६ प्रतिशत अन्य बिटबाट बढि चुनौतीपूर्ण रहेको, १५.१ प्रतिशतले पत्रकारीता क्षेत्रमा महिला पत्रकारको न्यून सहभागी भएको म्यागको अध्ययनले देखाएको छ। त्यस्तै १३.२ प्रतिशत परराष्ट्रर सुरक्षा बिटमा बढि मिहिनत र समय लाग्ने र तलब उति नै पाउने भएकोले र २.८ प्रतिशतले भाषाको कारणले आफूहरुले उक्त बिट गर्न नसकेको उक्त ग्रुपले बताएका छन्।

परराष्ट्र र सुरक्षा बिटमा ८५.६ प्रतिशतले काम गर्ने इच्छा भएको र ५१ प्रतिशतले परराष्ट्र र सुरक्षा मामिला बिटमा महिला पत्रकारको ज्ञान र सीप बढाउन क्षमता अभिवृद्धि गर्नुपर्ने उक्त एड्भोकेसी ग्रुपले जनाएको छ।

‘मिडियाले विषय उठाएको छ र पो सरकारले हात हाल्ने ठाउ पाएको छ,’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रि रेखा शर्माले बताइन्। हरेक विषय उजागरण गर्ने, सरकारलाई काम गर्न उर्जा दिने, सकारात्मक पात्र प्रविद्धिलाई अलिबढि जोड दिने भन्दै मन्त्रि शर्माले सुझाव दिदै हरेक क्षेत्रमा प्रवेश गरेका जतिपनि महिला पत्रकारहरुलाई धन्यवाद पनि दिइन्।

म्यागले दस्तावेज र तथ्याङकको अध्ययन, अनलाइन सर्वेक्षण, व्यक्तिगत अन्तर्वाता र सामूहिक छलफलका माध्यामबाट यस विषयको जानकारी संकलन गरिएको कार्यकारी अध्यक्ष विन्दुले जानकारी गराइन्। मिडिया एड्भोकेसी ग्रुपको अनुसार पत्रकारीता क्षेत्रमा विदेश तथा सुरक्षा मामिलामा रिपोर्टिङ गर्ने पत्रकार महिलाको संख्या कम देखिएको छ।

मूल प्रवाहका मिडियाले परराष्ट्र र सुरक्षा बिटको दायरा फराकिलो गर्नु आवश्यक रहेको मिडिया एड्भोकेसी ग्रुपको प्रमुख सुझाव रहेको छ।  

प्रकाशित: २६ वैशाख २०८० ११:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App