१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पाथीभरा दर्शनमा जाने क्रममा बेपत्ता झापा अर्जुनधाराका पराजुली मृत भेटिए

पाथीभरा दर्शनमा लागि जाने क्रममा बेपत्ता झापाको अर्जुनधाराका नगरपालिका वडा नं ५ का अन्दाजी ६० बर्षिय लोकप्रसाद पराजुली मृत भेटिएका छन्। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीले माथिल्लो फेदीबाट ५ किलोमिटर उत्तरतर्फको जंगली क्षेत्रमा उनी मृत अवस्थामा भेटिएको जानकारी आफुहरुलाई आएको बताए। घटनाको बिस्तृत अध्ययनका लागि कार्की नेतृत्वको टोली घटनास्थलतर्फ हिंडेको छ । प्रहरी निरीक्षक कार्कीले पाथीभरा क्षेत्रको माथिल्लो फेदीमा रहेको प्रहरी चौकी भन्दा करिव ५ किलोमिटर उत्तरतर्फ पराजुली मृत भेटिएको जानकारी आएपनि ठाउँ भने एकिन नभएको बताए। 

यही वैशाख १९ गते श्रीमती, छोरा–बुहारी, नातिनी र आफन्तसहित आएका उनी सो दिन पाथीभरा क्षेत्रको माथिल्लो फेदीमा पुगेर हाटलमा बास बसेका थिए। उनी हिँड्न नसक्ने भएपछि २० गते बिहान करिब ३ बजेपछि भरियामार्फत उनलाई पाथीभरातर्फ पठाएर आफन्तहरु हिंडेर मन्दिरतर्फ गएका थिए। भरियालाई पिसाब गर्न जाने भनेर निस्किएका उनी लामो समय सम्म नफर्किएपछि भरियाले यो जानकारी माथिल्लो फेदीका रहेको प्रहरी चौकीमा गराएका थिए। त्यसपछि उनको लगातार खोजी हुँदै आएको थियो। पराजुलीमा मानसिक समस्या रहेको जानकारी परिवारका आफन्तजनले प्रहरीलाई दिएका थिए।

प्रकाशित: २६ वैशाख २०८० ०५:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App