१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सेवा प्रवाह सुधारका लागि काठमाडौं महानगरले सार्वजनिक गर्‍यो ‘केएमसी एप’

फाइल तस्बिर।

काठमाडौं महानगरपालिकाले सेवा प्रवाह सुधारका ‘केएमसी एप’ सार्वजनिक गरेको छ।

महानगरको सेवा प्रवाह सुधारका लागि एकीकृत डिजिटल सुशासन प्रणाली ‘केएमसी एप’ सार्वजनिक गरिएको मेयर बालेन्द्र साह (बालेन) ले बताएका छन्।

प्रमुख शाहले सोमबार महानगरको सेवा प्रवाहलाई होम डेलिभरी गर्ने नीति अनुरूप वाप्रसेवाह सुधारका लागि एकीकृत डिजिटल सुशासन प्रणाली (केएमसि एप) लन्च गरेको जानकारी गराएका हुन्।

एपमा अनलाइनबाटै ३० भन्दा बढी प्रकार सिफारिसहरू अनलाइन राजस्व, नगर प्रमुखसँग भेटघाटका लागि अपोइन्टमेन्ट, च्याट बोट, महानगरको बारेमा विभिन्न सूचना तथा समाचारहरू, विभागगत कार्य विवरणसहितको डिजिटल नागरिक वडा पत्र,हेल्लो मेयर, जनगुनासो, स्मार्ट कर, प्रकाशित राजपत्रहरू, पर्यटकीय स्थलहरू, आकस्मिक सेवाहरू जस्तै रगत, एम्बुलेन्स, दमकल तथा प्राकृतिक प्रकोप,सार्वजनिक शौचालयहरूको बारेमा सेवा लिन पाइनेछ।

एप्लिकेसन मार्फत महानगरका सेवाग्राहीहरूले अनलाइन मार्फत जुनसुकै ठाउँबाट महानगरको सेवा लिन सकिने व्यवस्था रहेको महानगरले जनाएको छ।

प्रकाशित: २५ वैशाख २०८० १४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App