coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

परराष्ट्र मन्त्रालयका कर्मचारी बेगनासमा मृत फेला

क्याप्शन

पोखरा महानगरपालिका–३१ बेगनासतालमा एकजना पुरुष मृत फेला परेका छन्। उदयपुर स्थायी घर भएका अन्दाजी ३१ वर्षका अनुप भण्डारी बेगनासताल किनारमा मृत फेला परेका हुन। मृतक भण्डारी परराष्ट्र मन्त्रालयका नायब सुब्बा पदका कर्मचारी रहेको प्रहरीले बताएको छ। मृतकलाई ताल बाहिर निकालेर चेकजाँच गर्दा उनले बोकेको परिचयपत्रका आधारमा सनाखत गरिएको कास्की प्रहरीले जनाएको छ।

भण्डारी आईतबार राती काठमाडौंबाट जहाज चढेर पोखरा आएका थिए। पोखरा आएलगत्तै उनले आफू पोखरा आएको जानकारी मोवाईल म्यासेज (सन्देश) परिवारलाई पठाएको पाइएको छ। घरबाट हिंड्दा भने उनले परिवारलाई अफिस जानु छ भनेर निस्केको पारिवारिक श्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।  

मृतक भण्डारीलाई बेगनास ताल किनारमा घोप्टो परेर मृत अवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै गएको ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले शवको मुचुल्का तयार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याएको कस्की प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ।

भण्डारीको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शव गृहमा राखिएको छ। घटनाको अनुसन्धान भईरहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। ‘तालमा डुबेर आत्महत्या हो कि विष सेवन गरेर आत्महत्या हो वा कसैले हत्या गरेको हो भन्नेबारेमा हामी अनुसन्धान गर्दैछौं,’ उनले भने।

प्रकाशित: २५ वैशाख २०८० ०९:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App