१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

राष्ट्रिय अनुसन्धानको असई बनाइदिन्छु भनेर ठगी गर्ने पक्राउ

काठमाडौं— राष्ट्रिय अनुसन्धान विभागमा असई बनाइदिन्छु भनेर विभिन्न व्यक्तिसँग पैसा असुली गरेको अभियोगमा मोरङ, बेलबारी-४ स्थायी घर भई हाल कीर्तिपुर बस्ने प्रेम पुरीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।

कञ्चनपुर झलारी पिपलाडीन-५का दीपेन्द्र कार्की सहितको निवेदनमा प्रहरीले उनलाई फागुन १ गते झापाको काँकरभिट्टाबाट पक्राउ गरेको हो।

उनलाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर पठाइएको छ। उनले ठगीका लागि पीडितलाई जिविस कार्यालय सप्तरीबाट जारी भएको आफ्नो गाविस सचिव पदको नक्कली स्थायी नियुक्तिपत्र दिएको पाइएको प्रहरीले जनाएको छ।

उनले अनुसन्धानको असई बनाइदिन्छु भनेर एक व्यक्तिसँग २ देखि ७ लाख रुपैयाँसम्म असुलेको देखिएको छ। यस्तो रकम उनले आइएमइबाट बुझ्ने गरेका थिए।

प्रकाशित: ३ फाल्गुन २०७३ १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App